अख्तियारद्वारा सशस्त्र प्रहरी हवल्दार नियन्त्रणमा
शुक्रबार, १० असोज २०७६, १८ : ३६

बुटवल– पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित आज दिउँसो पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भूषालले जानकारी दिए ।
घरायसी सामान लिएर फर्कर्दै गरेका एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका–२ को एक किराना पसलमा पुगेर रकम लिदैं गर्दाको अवस्थामा उनी पक्राउ परेको सूचना अधिकारी भूषालले बताए । प्रकाउ परेका मौरिया अख्तियारको कार्यालय बुटवलमा राखेर थप अुनसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’