शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा सशस्त्र प्रहरी हवल्दार नियन्त्रणमा

शुक्रबार, १० असोज २०७६, १८ : ३६
शुक्रबार, १० असोज २०७६

बुटवल– पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित आज दिउँसो पक्राउ गरेको आयोगका सूचना अधिकारी  सुरेश भूषालले जानकारी दिए ।

घरायसी सामान लिएर फर्कर्दै गरेका एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका–२ को एक किराना पसलमा पुगेर रकम लिदैं गर्दाको अवस्थामा उनी पक्राउ परेको सूचना अधिकारी भूषालले बताए । प्रकाउ परेका मौरिया अख्तियारको कार्यालय बुटवलमा राखेर थप अुनसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप