राउटे समुदायले भन्यो: सरकार दशैँका लागि ४६ वटा खसी देऊ

भक्तपुर– राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन् ।
राउटे समुदायका प्रकाश शाहीको नेतृत्वमा रहेको ४ जनाको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भने ‘हामी ४६ घरका लागि ४६ वटा खसी दैलेख लगिदिनु पर्यो ।’ राउटे समुदायले बनाएका काठबाट निर्माण गरेको हस्तकलाको सामाग्री बिक्री गर्नका लागि उनीहरु भक्तपुरमा आएका थिए ।
राउटे युवाहरुको मागबारेमा उक्त कार्यक्रममा पोखरेलले कुनै प्रतिवद्धता जनाएनन् । प्रकाश शाही, शिवराज शाही, दीपक शाही र कलम शाहीको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भेटका थिए । सो अवसरमा मन्त्री पोखरेलले ३ हजार ५सय रुपैयाँको सन्दुक समेत राउटेहरुसँग खरिद गरेका छन् ।
उनीहरु चारै जनालाई मन्त्री पोखरेलले उपहार स्वरुप एक÷एक थान कपडा प्रदान गरेका छन् । सो अवसरमा सांसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा, सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त