एनसीसी बैंकद्वारा काभे्रमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई २५ लाख आर्थिक सहयोग
शुक्रबार, १० असोज २०७६, १६ : ४६

काठमाडौं– एनसीसी बैंकले प्रदेश ३ काभे्रको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई २५ लाख ४२ हजार १ सय ९० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम उपलब्ध गराएको बैंकले जनाएको छ ।
उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेबाट अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्किन रोबिन्स अब वसन्तपुरमा
-
नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ