शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी बैंकद्वारा काभे्रमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई २५ लाख आर्थिक सहयोग

शुक्रबार, १० असोज २०७६, १६ : ४६
शुक्रबार, १० असोज २०७६

काठमाडौं– एनसीसी बैंकले प्रदेश ३ काभे्रको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई २५ लाख ४२ हजार १ सय ९० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेबाट अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण भएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप