रौतहटको कटहरिया नगरपालिकामा तोडफोड

रौतहट– शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् । तोडफोडबाट लाखौंको क्षति भएको छ । कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।
एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाका आक्रोशित विद्यार्थीहरुले एकाबिहानै आज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दुईवटा भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएका छन् भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् ।
उनीहरुले नगरपालिकाका एसीमा पनि तोडफोड गरी पूर्णरुपमा क्षति पुरयाएका छन् भने नगरपालिकाको पश्चिम पटी निर्माण भएको नयाँ भवनका ५० वटा सिसाको झयाल पनि कामै नलाग्ने गरी फुटाएका छन् । विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन् भने विधुतीय उपकरणहरुमा पनि क्षति पुरयाएका छन् ।
रौतहट क्षेत्र नं ३ (ख) का प्रदेश सांसद कुन्दन कुश्वाहाले मावि भसढेवाका प्रधानाध्यापक राममंगल प्रसाद यादव र शिक्षक सचिन्द्रप्रसाद यादवको कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाए । सरुवा गरिएको ठाउँमा नजाने मनसायले प्रअ यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनावद्ध तरिकाले नगरपालिकामा आफना मान्छे र आफन्तलाई विद्यार्थीको रुपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुश्वाहाले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर
-
हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
-
कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी