बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा १८ किलो चाँदीसहित एकजना पक्राउ

शुक्रबार, १० असोज २०७६, १५ : २६
शुक्रबार, १० असोज २०७६

जनकपुर– जनकपुरबाट भारतीय सिमावर्ती क्षेत्रतर्फ अबैधरुपमा साढे १८ किलो चाँदी लैजादै गर्दा  एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह रहेका छन् । 

जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा शुक्रबार चेकजाँचको क्रममा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका उनीबाट ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । 

बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ ।  पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको उनले उप्रेतीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप