शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिर्ने बुद्ध एयर सम्मानित, एकै दिन ५५ सय यात्रुलाई सेवा

शुक्रबार, १० असोज २०७६, १५ : २१
शुक्रबार, १० असोज २०७६

काठमाडौं– पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सरकारले सम्मान गरेको छ । सरकारलेआर्थिक वर्ष २०७५/७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको हो । 

४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले गत आ.व.मा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो । 

एकै दिन ५५ सय यात्रुलाई बुद्धको सेवा

बुद्ध एयरले एकै दिन सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको छ । बुद्धले एकै दिन ५५ सय ९२ यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको हो ।

यही असोज ९ गते देशभरका ५५ सय ९२ यात्रुलाई सेवा दिने अवसर पाएको बुद्ध एयरलाईन्सले जनाएको छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गरेर एयरलाईन्सले यात्रुलाई सुरक्षित र सहज सेवा दिने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप