शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा मिटु अभियान सुरु गर्ने पत्रकारले निर्मातामाथि लगाएकी थिइन् आरोप, अदालतले तिरायो लाखौं डलर क्षतीपूर्ती

शुक्रबार, १० असोज २०७६, १२ : ३१
शुक्रबार, १० असोज २०७६

फ्रान्समा मीटू अभियान सुरुवात गर्ने महिलालाई पेरिसको अदालतले एक पुरुषकोे मानहानी गरेको भन्दै लाखौं डलर क्षतीपूर्ती दिन आदेश दिएको छ ।

उनले ती पुरुषमाथि अश्लील टिप्पणी गरेको आरोप लगाएकी  थिइन् ।

सन् २०१७ को अक्टोबरमा फ्रेन्च पत्रकार स्यान्ड्रा म्युलरले टेलिभिजन कार्यक्रम निर्माता एरिक ब्रायनले एउटा पार्टीमा उनीमाथि गरेको कमेन्टको विस्तृत विवरण ट्वीटरमा सेयर गरेकी छिन् । यसमा उनले ह्यासट्याग #balancetonporc प्रयोग गरेकी थिइन् ।

अन्ततः उनको कथाले धेरैलाई आफूमाथि भएको यौनहिंसा र यौन उत्पीडन सार्वजनिक गर्न प्रेरित बनायो ।

गत बुधबार फ्रान्सको अदालतले म्युलरलाई ब्रायनको मानहानी गरेबापत् १६ हजार पाँच सय डलर (१८ लाख ७२ हजार रुपैयाँ) र कानूनी उपचारका लागि ५ हजार ५ सय डलर (६ लाख २४ हजार रुपैयाँ) तिर्न आदेश दिएको म्युलरका वकिलले सीएनएनलाई जानकारी दिए ।

एएफपी समाचार एजेन्सीका अनुसार उनलाई ट्वीटरमा गरिएको कमेन्ट डिलिट गर्न र अदालतको वक्तव्य सेयर गर्न आदेश दिइएको छ ।

गत जुनमा ब्रायनले अदालतलाई आफूले अनुचित टिप्पणी गरेको तर उक्त घटनाको भोलिपल्टै टेक्स्ट मेसेज पठाएर माफीसमेत मागेको जानकारी दिए ।

माफीको कुनै जवाफ नपाएको जानकारी दिँदै उनले भने, ‘म्युलरले ममाथि जुन अत्याचार गरिन्, त्यो कहिले रोकिएन । फोन पछाडि लुकेर मानिसहरुले गर्ने अत्याचार ।’

उनका वकिल म्यारी बुर्गुबुरुले यसअघि सीएनएनसँगको कुराकानीमा म्युलरले आफूमाथि अफिसमा यौनहिंसा भएको बताएका कारण मानहानीको मुद्दा लडेको जानकारी दिएका थिए ।

ब्रायनले आफ्नो व्यवहारमाथि खेद भएको बताउँदै ले मोन्देमा आफू सोसल मिडियाको अदालतको साटो न्यायको अदालतमा जान प्रयास गर्ने बताएका थिए ।

म्युलरले अदालतको आदेशपछि सिएनएनसँग सम्बन्धन राख्ने बीएफएमटिभीसँग कुराकानी गर्दै उक्त निर्णय निकै ‘निराशाजनक’ बताउँदै आफू ‘प्रत्येक दिन लडिरहने’ बताइन् ।

‘यो निर्णयको अर्थ यो होइन कि महिलाले अब बोल्नै छाड्नुपर्छ । महिलाले आफ्नो भावना व्यक्त गरिरहनुपर्छ । महिलाहरुले आपत्तिपूर्ण व्यवहारको विरोध गरिरहनुपर्छ,’ उनले भनिन् । ‘डरले कहिल्यै जित्नु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप