साम्राज्ञीसँग डेट जान चाहन्छु – अभिनेता अङ्कित शर्मा

‘रातोटीका निधारमा’का हिरो हुन् अङ्कित शर्मा । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मबाट उनले अभिनयमा डेब्यु गरेका हुन् । पहिलो फिल्म प्रदर्शनमा आउँदा उनी निकै एक्साइटेट छन् । अर्काे, सपना पूरा हुन लागेको महसुस ।
फिल्ममा उनको अभिनेत्री साम्राज्ञीसँग रोमान्स समेटिएको छ । साम्राज्ञीसँग उनको जोडी कस्तो सुहाएको होला । सबैको कौतुहलताको विषय पनि यही हो । बाबु अशोक शर्माको कारणले सानैदेखि फिल्मी दुनियाँमा नियाल्ने मौका पाएका उनले स्कुल अध्ययनको समय थुप्रै नाटक अभिनय गरेका थिए । यो अनुभव फिल्म अभिनयमा पनि काम लागेको बताउने अभिनेता अङ्कितसँग रातोपाटीको दस प्रश्न ।
अभिनयतिर रुचि कहिले पलायो ?
– मेरो घरमा सधैँ फिल्म माहोल हुन्थ्यो । सानैदेखि म त्यो माहोल नियाल्दै हुर्किएँ । बुबा फिल्म लाइनको भएकाले सानैदेखि कलाकारसँग घुलमिल हुने, फिल्मी माहोल बुझ्ने मौका मिल्यो । कलाकार पनि चिन्दै गएँ ।
फिल्ममा मेरो रुचि सानैदेखि थियो । अध्ययन पनि यही विषयमा गरेको हो । अध्ययन त गरेँ तर फिल्म लाइनमा काम त गर्ने । तर के काम कन्फ्युज भए ।
योभित्र धेरै पाटा रहेछन् भन्ने पनि थाहा भयो । जब बुबाले ‘जय भोले’ फिल्म बनाउनुभयो, त्यसमा सहायक भएर काम गरेँ । सो समय बुझेँ मेकरका लागि धेरै अनुभव चाहिने रहेछ । त्यसका लागि सुरुवात अभिनयबाट गरौँ भनेर अभिनय रोजे ।
तपाईंको बुझाइमा के हो हिरो ?
– यो एउटा सपना रहेछ । दर्शक २, ३ घन्टाका लागि हलमा छिर्नुहुन्छ । त्यो समय फिल्ममा भुल्न चाहानु हुन्छ । दर्शकको सो सोचलाई सबैभन्दा राम्रोसँग, कन्भिन्सिङ गर्ने गरेर भुलाउन सक्नु नै हिरो हो ।
आफूलाई हिरो जस्तो देखाउन के गर्नु हुन्छ ?
– नियमित एक्सरसाइज गर्छु । खानेकुरामा सजक छु । सार्वजनिक स्थानमा जानुपर्दा मेकअप गरेर राम्रो देखिन्छु । पहिरन पनि सकेसम्म स्टाइलिस, अरूभन्दा फरक लगाउने कोसिस गर्छु ।
कस्तो केटा ?
– म एकदमै सिम्पल छु । विभिन्न गेटअप गरेर देखाएर हिँड्न मन पर्दैन । हापपाइन्ट, टिसर्ट र चप्पलमा हिँड्न रुचाउँछु । तर मेरो पेसा सोअप गर्नुपर्ने छ ।
मनपर्ने खान ?
– म फुडी छु । मीठो लाग्यो भने जे पनि खान्छु । प्रायः सबै ठाउँको खानेकुरा ट्राई गर्न मनपर्छ । अमिलो, पिरो, गुलियो रुचाउँछु ।
फुर्सद समय ?
साथीभाइ भेट्न, फिल्म हेर्न फुर्सदको समय प्रयोग गर्छु ।
सपना ?
– अभिनयमा भर्खर प्रवेश गरेको छु । अभिनयमार्फत सबै दर्शकको मनमा राज गर्न सकौँ, सबै प्रकारको अभिनयमा फिट हुन सकौँ । मैले गरेको अभिनयले सबैको मनमा छाप छोडोस् भन्ने छ ।
मनपर्ने केटी
– समझदार, बुझक्की र आफूले बुझेको विषयमा अरूलाई बुझाउनुपर्दा फरक शैली अपनाओस् ।
पुस्तक पढ्नु हुन्छ ?
– मेरो नियमित अध्ययन गर्ने बानी छ । फुर्सद भयो कि पढ्न रुचाउने व्यक्ति हुँ म । मुड अनुसारको किताब पढ्छु । कहिले अरूको जीवनी पनि पढ्छु । कहिले ऐतिहासिक, कहिले के अन्य पनि ।
अभिनय गर्न रहर लागेको भूमिका ?
– यो क्षेत्र यस्तो हो, आफूले यस्तो भूमिका निर्बाह गर्छु भनेर हुँदैन । दर्शकले कुन बेला के रुचाएका हुन्छन् । त्यो हिसाबले आफूलाई ढाल्नुपर्ने हुन्छ । त्यो गर्न सकियो भने सफल अभिनेता भइन्छ भन्ने मेरो बुझाइ हो ।
रोजेकी अभिनेत्रीसँग डेटको अफर दियो भने ?
– साम्राज्ञीसँग जान चाहन्छु । उनी धेरै खुला छिन् । अहिले जुन स्थानमा पुगेकी छन्, त्योप्रति उनलाई घमण्ड छैन । उनको व्यवहार सिम्पल छ । उनीसँग डेटमा धेरै कुरा सिक्न र बुझ्न पाइन्छ भन्ने मेरो बुझाइ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
नेपाल–भारतबिचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
खैरो हेरोइनसहित दुई जना पक्राउ
-
नेपाल विश्व शान्तिको पक्षमा छ, सामरिक सैन्य गठबन्धनमा सामेल हुँदैनः प्रधानमन्त्री ओली
-
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
-
नविल बैंकको कार्ड सेवाहरू अवरुद्ध हुने