केन्द्रीय संस्करण
कुटनीति

नेपाल रणभूमि बन्ने खतरा बढ्दैछ !

अमेरिकी इण्डो–प्यासिफिक रणनीति चीनविरुद्ध लक्षित

person explore access_timeअसोज १०, २०७६ chat_bubble_outline0
सीपी गजुरेल

रातोपाटी

इण्डो–प्यासिफिक  रणनीतिको विषय नेपालमा धेरै कम चर्चा हुने गरेको पाइन्छ । हाम्रा परराष्ट्र मन्त्री अमेरिका जानुभएपछि यो विषयमा चर्चा चल्न थालेको हो र यसबारेमा अमेरिकासँग सम्झौता भयो भएन भन्नेबारे बहस हुन थाल्यो । मन्त्री नेपाल आउनुभएपछि अमेरिकाले नेपाल उक्त रणनीतिको विश्वासिलो साझेदार हो भन्यो । त्यसले विषय गम्भीर बन्न पुग्यो र शंकाउपशंकाहरु उठ्न थाले ।

यो विषय दुईटा कारणले अत्यन्तै महत्त्वपूर्ण छ । एउटा, यो रणनीति नेपालको राष्ट्रिय स्वाधीनता र सुरक्षासँग जोडिन्छ । दोस्रो अहिलेको सरकार साँच्चै नै इण्डो–प्यासिफिक  रणनीतिको साझेदार नै बनेको हो भने नेपालले अपनाउँदै आएको परराष्ट्रनीति खारेज हुन्छ, नेपाल असंलग्न देश रहँदैन । जे जसरी पालना भएको भए पनि असंलग्नताको नीति हाम्रो लागि उपयुक्त विदेश नीति हो । नेपाललाई जोगाउनको लागि त्यो नीतिले धेरै काम गरेको छ र त्यहीअनुसार नै नेपाल चल्नुपर्छ । इण्डो–प्यासिफिक  रणनीतिमा हामी अमेरिकाको साझेदार बन्यौं भने कुनै न कुनै बेला नेपालले असंलग्न परराष्ट्र नीति छाड्नुपर्ने हुन्छ । यति महत्त्वपूर्ण विषय भएको हुनाले यसबारेमा धेरै राम्रो छलफल हुनु आवश्यक छ ।

*****

अमेरिकी रक्षा विभागले तयार पारेको रिपोर्टले पनि इण्डो–प्यासिफिक  रणनीति नै उल्लेख गरेको छ । शीर्षकमा मात्र रणनीति भनिएको छैन, सो रिपोर्टको भित्र पनि त्यसलाई चीन, रुस र उत्तर कोरियालाई लक्षित गरिएको उल्लेख छ । त्यसकारण यो रणनीति हैन, नीति मात्रै हो भन्ने कुरा मिल्छ जस्तो लाग्दैन ।

*****

इण्डो–प्यासिफिक  रणनीति (strategy) हो कि नीति (policy) हो भन्ने कुरा उठ्यो ? कतिपयले अमेरिकाले नै रणनीति भनेको छैन भन्ने ढंगले पनि कुरा उठाउने गरेका छन् । पहिले अमेरिकाले रणनीति भने पनि पछि नीति भन्न थालेको, अमेरिकाले नै छोडिदिएको हुनाले त्यो रणनीति भएन, पोलिसी मात्रै भयो भन्ने कुरा पनि आयो । तर कुटनीतिमा सबै कुराहरु खोलेर भनिँदैन । आफ्नो राष्ट्रिय हितका आधारमा कुटनीतिक कुराहरु राख्ने र अघि बढाइने गरिन्छ । तर एउटा कुटनीतिज्ञले तथ्यमै उल्झाएर राख्न त मिल्दैन । त्यसकारण, इण्डो–प्यासिफिक  रणनीति होइन, नीति मात्रै हो भन्ने कुरा तथ्य भन्दा बाहिर गयो भन्ने मलाई लाग्छ ।

अमेरिकी रक्षा विभागले तयार पारेको रिपोर्टले पनि इण्डो–प्यासिफिक  रणनीति नै उल्लेख गरेको छ । शीर्षकमा मात्र रणनीति भनिएको छैन, सो रिपोर्टको भित्र पनि त्यसलाई चीन, रुस र उत्तर कोरियालाई लक्षित गरिएको उल्लेख छ । त्यसकारण यो रणनीति हैन, नीति मात्रै हो भन्ने कुरा मिल्छ जस्तो लाग्दैन । अतः यो रणनीति भनेरै यसबारेमा हामीले छलफल गर्नुपर्छ, यथार्थ नै त्यही हो भन्ने मलाई लाग्छ ।

चीन र भारतका बीच युद्ध हुन्छ हुँदैन र यो रणनीति त्योसँग जोडिएको छ कि छैन भन्ने कुरा पनि आयो । मलाई पनि के लाग्छ भन्ने अहिल्यै चीन र भारतका बीच युद्ध हुँदैन । डोक्लामको घटनामा दुवै पक्षका कमाण्डरहरु आमनेसामने भए, हतियारबन्द हुँदाहुँदै पनि कसैले पनि फायर खोलेनन्, कुश्ती मात्रै भयो । कहीँ अहिलेको लडाइँमा जनरलहरुले पनि त्यसरी कुस्ती खेल्छन् ? त्यसले पनि चीन भारतबीच तत्कालै युद्ध हुँदैन कि?

यति भन्दाभन्दै कतिपयले भारत र चीन बीचको शत्रुता कम भएको र मित्रता बढेको कुरा गर्छ । भारतले चीनले अघि सारेको बीआरआईलाई मान्दैन । एकजना भारतीय रक्षाविद्ले पनि काठमाडौंमै पनि भनिसकेका छन्ः हामी बीआरआईलाई मान्दैनौं । बीआरआईको बाटोले पाकिस्तान अधिनस्थ काश्मिरलाई छुन्छ, सोही कारण पनि बीआरआईलाई मान्दैन । दोस्रो, यो रणनीति यस क्षेत्रका लागि मात्रै हो कि अन्यत्र समेतका लागि हो, त्यो प्रष्ट नभएको कारणले पनि हामी यसलाई मान्दैनौं ।

भारत र चीनबीच मित्रता झागिँदै गएको स्थिति हुन्थ्यो भने उसले बीआरआईलाई चाहिँ किन मान्दैनथ्यो ? तथापि, अहिले नै चीन र भारतबीच युद्ध भइहाल्छ भन्ने म मान्दिनँ । मैले धेरै कुटनीतिज्ञहरुसँग, जानकारहरुसँग सोध्ने गरेको छुः आफैंमा सम्पन्न देश नहुँदा पनि उत्तर कोरियाले किन परमाणु हतियार बनाउँछ जबकि ऊभन्दा धेरै सम्पन्न राष्ट्रहरुले परमाणु हतियार बनाउन सकेको छैन ? त्यसमा मैले एकहप्ता अगाडि मात्रै पाएको चित्तबुझ्दो जवाफ के रह्यो भन्दा, उत्तर कोरियालाई ध्वस्तै पार्ने अमेरिकी योजना हो र उत्तर कोरियालाई अमेरिकाले मिसाइल आक्रमण गर्छ भन्ने डर हमेशा रहने गर्छ । विभिन्न देशहरुमा अमेरिकाले त्यसरी आक्रमण गर्ने गरेको छ तर परमाणु बम भएको देशलाई हानेको चाहिँ रेकर्ड छैन । त्यही कारण उत्तर कोरिया परमाणु बम बनाउँछ ।

यो बडो चित्तबुझ्दो जवाफ लाग्छ । अहिले उत्तर कोरियाले विकसित गरेको परमाणु हतियार चाह्यो भने अमेरिकासम्म पनि पड्काउन सक्छ भन्ने कुरा अमेरिकीहरुले नै पनि भनेका छन् । त्यसकारण, युद्ध विस्फोट भइहाल्छ कि हाल्दैन भन्ने कुरा योसँग पनि जोडिएको छ र अहिले नै युद्ध भइहाल्छ भन्ने लाग्दैन ।

*****

हामीले विचार गरिरहँदा नेपालमा अमेरिकाले इन्डोप्यासिफिक रणनीति ल्याउँदा यो पक्षमा ध्यान दिनैपर्ने हुन्छ । इण्डो–प्यासिफिक  रणनीतिले अहिले केही गर्ने हैन किन टाउको दुखाइरहने भन्ने कुरा पनि उठ्ने गर्छ । अहिले नै गरिहाल्छ, भोलि नै गरिहाल्छ भन्ने पनि हैन तर अमेरिकाद्वारा प्रायोजित यो इण्डो–प्यासिफिक  रणनीति यहाँ लागू गरियो भने पछि भविष्यमा के हुने हो भन्नेबारे हामीले आजैदेखि सोच्न जरुरी छ ।

*****

त्यसै गरी, अहिले नै अमेरिका र चीनका बीच युद्ध भइहाल्छ भन्ने पनि लाग्दैन । किनभने यी दुवै शक्तिशाली राष्ट्र हुन् ।

यस पृष्ठभूमिमा हामीले इण्डो–प्यासिफिक  रणनीतिका बारेमा छलफल गर्दा चीनको भन्दा पनि आफ्नै चिन्ता लिएर कुरा गर्दा राम्रो हुन्छ । युद्ध भइहालेमा चीनले आफैं मिलाउनेछ, त्यसबारेमा हामी चिन्तित भइबस्नै पर्दैन । हामी चिन्तित हुनुपर्ने विषय भनेको चाहिँ यो रणनीतिले हाम्रो देशमा के हुने हो ?

अफगानिस्तानको उदाहरण हेर्ने हो भने पहिले त्यो देश पनि शान्तिपूर्ण देश थियो । अहिले त्यहाँको अवस्था भयानक कुरुक्षेत्र भयो । त्यहाँको जनता, सरकार, राजनीतिक पार्टीहरुको हातमा अहिले केही पनि छैन ।

हामीले विचार गरिरहँदा नेपालमा अमेरिकाले इन्डोप्यासिफिक रणनीति ल्याउँदा यो पक्षमा ध्यान दिनैपर्ने हुन्छ । इण्डो–प्यासिफिक  रणनीतिले अहिले केही गर्ने हैन किन टाउको दुखाइरहने भन्ने कुरा पनि उठ्ने गर्छ । अहिले नै गरिहाल्छ, भोलि नै गरिहाल्छ भन्ने पनि हैन तर अमेरिकाद्वारा प्रायोजित यो इण्डो–प्यासिफिक  रणनीति यहाँ लागू गरियो भने पछि भविष्यमा के हुने हो भन्नेबारे हामीले आजैदेखि सोच्न जरुरी छ ।

जुन बेला पानी पर्ला, त्यही बेला छाता ओढौंला भनेर यो समस्या समाधान हुँदैन । यो विषयमा बहस, छलफल, राष्ट्रिय र अन्र्तराष्ट्रिय भूमिका खेल्नुपर्ने हुन्छ ।

अमेरिकाले अहिलेको उदीयमान शक्ति भनेको चीनलाई टार्गेट गरेर यो सुरु गरेको हो । अमेरिकालाई चुनौति दिने शक्ति त चीन बन्दैछ । यसकारण चाहिँ त्यहाँ अमेरिकाको चासो बढेकै हो । यो इण्डो–प्यासिफिक  रणनीति चीनतिर लक्षित छ । उदीयमान शक्ति भएका कारण अमेरिकाले चीनलाई नै मुख्य खतरा देखेको छ ।

इण्डो–प्यासिफिक  रणनीतकिा बारेमा हाम्रो चासो भनेको त्यसले पार्ने प्रभाव नै हो– कतै नेपाल रणभूमी बन्ने खतरा त छैन ? हामीले त्यो खतरा छैन भनेर सोच्नु हुँदैन । चीन एउटा उदीयमान शक्ति हो, अमेरिका त शक्तिशाली देश भइहाल्यो । अमेरिकाले पहिला नेपाललाई धेरै महत्त्व दिँदैनथ्यो । भारतले पनि पहिला नेपाललाई आफ्नो आँगन  ठान्थ्यो । अरु देशले आफ्नो आँगनमा फुटबल भलिबल खेलेको उसले मन पराउँदैनथ्यो । अमेरिकाले नेपालसम्बन्धी नीति भारतको आँखाबाट हेथ्र्यो । हामीलाई चाहियो भने तिमीहरुबाटै गराउँछौँ भन्थ्यो । तर अहिले ऊ सिधै आएको छ, सामान्य रुपमा आएको छैन । अमेरिका यसरी नेपालमा पसेको त भारतलाई पनि मन परेको छैन । आफूले एक छत्र रुपमा सञ्चालन गरिरहेको नेपालमा अमेरिका आएको भारतलाई पनि मन परेको छैन तैपनि यहाँ अमेरिका आउने भयो ।

अमेरिकाले विशेषगरी ३ कुरामा जोड दिएको छ, आर्थिक, राजनीतिक र फौजी । फौजी पक्षमा धेरै महत्वपूर्ण खालका अनुसन्धान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसकारण यहाँ एउटा खतरा पैदा भएको छ । त्यसकारण हामीले यहाँ यस्तो खालको गतिविधि हुन दिनु हुँदैन ।

यहाँ तीन खालका प्रतिस्पर्धा हुन लागेका छन् । एउटा इण्डो–प्यासिफिक  रणनीति भइहाल्यो । अमेरिकाले हाम्रो विदेश मन्त्री जाँदा जुन ढंगले प्रस्तुत ग¥यो, नेपाल उसको रणनीतिको साझेदार बनेको कुरा गर्यो र  पछि उनीहरुले व्याख्या पनि  त्यसैगरी गरे । नेपाल हामीसँग काम गर्न तयार भएकोले हामीले ५ सय मिलियन डलरको अफर गरेको भनेर अमेरिकाले भन्यो । यसरी प्रस्ष्ट हुन्छः अमेरिकीहरु यहाँभित्र कसरी प्रवेश गर्दैछन् भनेर ।

अर्को बिआरआई छ । यससन्र्दभमा अस्ति प्रचण्डजी इन्डोप्यासिफिकलाई तथाकथित भन्नुभयो भनेर बहस भयो । अहिले सरकार सञ्चालन गर्ने जुन सत्ताधारी पार्टीका मानिसहरु चीन गएर बिआरआई ठीक छ भन्ने मात्र हैन, राष्ट्रपतिलाई नै पठाइदिए । राष्ट्रपतिले चीनमा भोज खाएर आएको धेरै भएकै छैन यता परराष्ट्र मन्त्रीलाई पठाएर ल अब इण्डो–प्यासिफिक  रणनीतिमा हस्ताक्षर भयो भनेर खबर आयो, के हो यस्तो ? यो दुइटा विपरित कुरा एकैसाथ कसरी हुनसक्छ ?

अर्को बिबिआइन भन्ने पनि अस्ति भर्खर आएको छ । बंगलादेश, भारत, भुटान, नेपाल भन्ने एउटा नयाँ अवधारणा पनि आएको छ । त्यसलाई अब उसले तोड्दैछ ।

अमेरिकाले यहाँ आएर भनिसक्यो, नेपाल किन बिआरआईतिर गएको ? बिआरआईमा गएर तपाईलाई फाइदा के ? तपाईहरु केरुङमा गएर रेल जोड्ने भन्नुहुन्छ, खर्च कति लाग्छ ? बेहोर्न सक्नुहुन्छ तपाईहरु ? सक्नुहुन्न । भारतसँग तपाईहरुले सम्बन्ध राख्नुहुन्छ भने बिबिआइन सँग तपाईहरु जोडिनुभयो भने सडकमार्गले जोडेको छँदैछ अरु सडक बनाउँनै पर्दैन, आवश्यक परेको भारतले सहयोग गरिहाल्छ । तपाईहरुलाई पर्ने ट्रान्जिटको सुविधा पनि भारतले दिइहाल्छ, तपाईंहरु रेल ल्याउने कुरा गर्नुहुन्छ, हामी ल्याइहाल्छौँ नि रेल । तपाईहरु किन बिआरआईमा जानुप¥यो भनेर त भनिसक्यो नि ।

*****

यही  सरकार भएको बेलामा चीनमा गएर बिआरआई ठिक छ भनिदिने र भारतमा गएर बिबिआइएन नै ठीक  छ भनिदिने र अमेरिकामा गयो भने इन्डोप्यासिक रणनीति नै ठीक छ भनिदिने खतरा छ । यो खतराबाट मुक्त हुनका निम्ति जनता नै सचेत हुनुपर्छ । यहाँ सरकारसँग विश्वास गर्न सकिँदैन । अब हामी पिरोलिएर मात्र बसिरहने, चिन्तामात्रै लिएर बसिरहने, कहिले हुने हो अफगानिस्तानजस्तो होला भनेर अहिलेदेखि नै रोएर बस्ने कि गर्ने ? रोएर समस्याको समाधान हुने वाला छैन  ।

*****

यहाँ प्रतिस्पर्धा नै छैन भनेर हामीले कसरी मान्ने ? यहाँ ठूलो प्रतिस्पर्धा छ । नेपाललाई उसले पनि तान्ने र उसले पनि तान्ने भएको छ । यहाँ अहिले भएका नेपालका नेताहरुले चाहिँ सबैलाई ठिक छ, ठिक छ भन्ने । यहाँ शक्तिहरु केन्द्रित भएकै छ । यहाँ अमेरिका आएको छ । चीन छ र भारत छ । यी तीनवटा पावरले नेपाललाई केन्द्र बनाएर गतिविधि गर्न उनीहरु एकदम तयार भएर आएका छन् । त्यसकारण नेपाल रणभूमि बन्ने खतरा टडकारो छ ।

यही  सरकार भएको बेलामा चीनमा गएर बिआरआई ठिक छ भनिदिने र भारतमा गएर बिबिआइएन नै ठीक  छ भनिदिने र अमेरिकामा गयो भने इन्डोप्यासिक रणनीति नै ठीक छ भनिदिने खतरा छ । यो खतराबाट मुक्त हुनका निम्ति जनता नै सचेत हुनुपर्छ । यहाँ सरकारसँग विश्वास गर्न सकिँदैन । अब हामी पिरोलिएर मात्र बसिरहने, चिन्तामात्रै लिएर बसिरहने, कहिले हुने हो अफगानिस्तानजस्तो होला भनेर अहिलेदेखि नै रोएर बस्ने कि गर्ने ? रोएर समस्याको समाधान हुने वाला छैन  । हाम्रो आँसु पुछ्न कोही आउनेवाला छैन । राजनीतिमा त्यस्तो हुँदैन पनि । त्यो गरेरै जित्ने हो । त्यसकारण हामी नै  सचेत हुनुपर्छ ।

यहाँ पार्टीको कुरा मात्र पनि छैन । यहाँ प्रश्न पनि उठ्यो राष्ट्र ठूलो कि पार्टी ठूलो भनेर । राष्ट्र भएन भने यो पार्टीको झण्डा कहाँ लगेर राख्ने ? राष्ट्र छ र त हामी पार्टी बनाउँछौ र  हामीले राजनीति गरिराखेका छौं । नेपाल रहेन भने त हामीले राजनीति गर्ने ठाउँ नै हुँदैन । यो राष्ट्रको मुद्दा हो । त्यसकारण नेपाली जनता विशेष रुपले सचेत हुनुपर्ने आवश्यकता छ । हामीले यसमा ढिलो ग¥यौं र बुद्धि पु¥याएनौ भने त्यो खतरा यहाँ पैदा हुनेवाला छ ।

भारतले क्रमशः हामीलाई फिजीकरण गर्दैछ भन्ने कुरा पनि अहिले चलिरहेको छ । नागरिकताको दृष्टिकोणले फिजीकरण हुँदैछ । नेपालीहरुलाई नेपालमै अल्पमतमा पार्ने योजना पनि बन्दै छ । सिक्किमीकरण, भुटानीकरण गर्दैछ भन्ने कुरा पनि चलिरहेको छ । यो इन्डोप्यासिफीक आइसकेपछि र उता बिआरआई सकेपछि अर्र्कोे महारोग पनि हामीलाई थपिएको छ । अब हामीले यही विषयलाई केन्द्रमा राखेर तपाईँ हामी सबैले सोच्नुपर्छ  र यो खतरा छ भनेर जनतालाई बुझाउनुपर्छ ।

कम्युनिष्टहरुको रेकर्ड के हो भने देशलाई बचाउनुपर्छ भन्ने । हामी सत्तामा नभएपनि देशलाई आपद प¥यो भने लड्नुपर्छ र हामी लड्छौं । तर, यो सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न असफल भएको छ । हाम्रो जस्तो देशको राष्ट्रिय स्वाधिनता खतरामा परिसक्यो । त्यसकारण उनीहरुले गरेका क्रियाकलापहरुमाथि पहिलापहिला हामी मात्रै आलोचना गथ्र्यौ । चुनावका बेलामा नै हामीले यिनीहरुले समृद्धि पनि दिँदैनन् भनेका थियौं तर जनताले पत्याएनन् । अहिले आएर तपाईंहरुले ठीक भन्नुभएको थियो रहेछ भन्ने महसूस गर्न थालेका छन् । आफैंले गरेको वाचाहरु पनि पूरा नगर्ने यो सरकार फाँसिवादतिर जाँदैछ । यो हामीले बुझे हुन्छ । फाँसीवादका थुप्रै संकेतहरु छन् । जस्तो, यहाँ अहिले विप्लवले नेतृत्वको गरेको नेकपालाई संविधानको प्रावधानलाई उल्लंघन गर्दै प्रतिबन्ध लगायो । हामीले प्रतिवद्ध हटाउनुहोस् भनेका छौं । त्यतिमात्र होइन, यो संविधानको दीपावली मनाउने होइन, तीनदिन सम्म दीपावली मनाए । कसले दीपावली मनाउँदैन हेरौंला भन्ने ? 

अनि मैले अस्ति एक ठाउँमा भनेको पनि थिएँ, मलाई साँच्चै पञ्चायत फर्किन्छ कि जस्तो लाग्यो । पञ्चायतमा पनि पञ्चेहरुले पछिल्लो चरणमा त्यही गर्न थालेका थिए । सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनेर सुरु गरेका थिए । पञ्चायतमा यस्तो शब्द राखेका थिए । पुस १ गते सबैतिर दिपावली मनाउने भनेर उर्दी जारी गरेका थिए । ओलीले पनि त्यस्तै उर्दी जारी गर्न थालेछन् । पञ्चायतलाई फाल्यौं भनेर गर्व गर्नै नपर्ने भयो फेरी अर्को पञ्चायती व्यवस्था  आउन थाल्यो भनेका थियौँ, ओलीजीले त हो हो भनेर उर्दी जारी गर्न खोजेजस्तो पो गर्न थाले । उर्दी जारी गर्दिने, भनेको मानेन भने प्रशासनलाई भनेर दुःख दिने ।

*****

इण्डो–प्यासिफिक  रणनीति जुन आएको छ, यो चाइनाको बिरुद्ध लक्षित छ । चाइनासंग अमेरिकाको फिलोसोफी पनि मिल्दैन । जापानले जतिसुकै प्रगति गरेपनि अमेरिकालाई केही पनि चिन्ता हुँदैन । आखिर हाम्रै त हो जापान त्यसलाई ठीक लगाई हालिन्छ भन्ने छ । चीन त अर्कै दर्शनबाट आएको भयो । चीनमा माओको नेतृत्वमा ठूलो क्रान्ति सम्पन्न भएर आएको पृष्ठभूमि छ । अर्कै दर्शन, अर्कै पद्धति, अर्कै तरिकाका साथ चीन आएको हुनाले अमेरिकाले उसलाई विश्वमा हावी हुन दिँदैन ।

*****

हामीलाई फासीवादको किन पनि डर छ भने फासीवादले के गर्छ भने प्रशासन मात्र प्रयोग गर्दैन उसका पार्टीका मान्छे बिरोधीतिर पनि भिडाइदिन्छ । अनि ओलीजिले अरिङ्गाल भिडाईदिन थाल्नुभएको छ ।

पहिले त त्यति अरिङ्गाल त्यति उडेको थिएन, अब अरिङ्गाल पनि उड्न थालेछ । अस्ति नेपालगञ्जको खजुरामा गएर कांग्रेस कार्यकर्ताको हात भाँचेछन् । पुलिसले हामीलाई किन बचाएन भनेर रुँदै हिँडिरहेका थिए । पुलिसले कसरी बचाँउछ ? अब ओलीजी आफैं अरिङ्गाल कमाण्डर इनचिफ त भइहाल्नुभयो । अर्को कमाण्डर त गृहमन्त्री पनि होला । गृहमन्त्री आफै कमाण्डर छ त कहाँबाट बचाउँछ उसले ?

हामीले प्राप्त गरेको अधिकार यहाँ दुईतिरबाट हड्प्ने काम भइरहेको छ । एउटा प्रशासन लगाउने अर्को क्षेत्रबाट अरिङ्गाल लगाउने । हुँदा हुँदा एकजना टिभीबाट बोल्दै थिए, प्रचण्ड देखि सबैलाई के के भने त्यति भनेको भरमा उनीहरुले त धनुषा र कास्की दुईटा जिल्लामा प्रतिबन्ध नै लगाइदिए । टेलिभिजनबाट गाली ग¥यो भनेर प्रतिबन्ध लगाईदिने ? यो जिल्लामा पस्न पाउँदैनस भन्ने ? उसको पनि नागरिक अधिकार हुन्छ नी । के अब नागरिकले कुनै जिल्लामा जान नपाउने ? उसलाई लागेको कुरा बोल्न नपाउने ? यसको संकेत के देखिन्छ भने देश फासीबादतिर जाने खतरा पनि छ ।

हामी नेपाली अब कसरी जोगिने ? एकातिरबाट इण्डो–प्यासिफिक  रणनीति ल्याएको छ, अर्को बिबिआएन पनि नेपालमै ल्याएको छ । बिआरआईले पनि त्यहाँ भूमिका खेलिरहेको छ । यो सरकारले केही गर्ला कि भनेको त अरिङ्गाल पठाइदिन्छ ।

त्यसकारण म के भन्छु भने अब हामीले सोच्ने बेला भयो । हामीले त के भन्ने गरेका छौँ भने फेरि अर्को जनआन्दोलनको आवश्यकता छ नेपालमा । यसो भन्दा कतिपयले त्यत्रो जनयुद्धमा, जनआन्दोलनमा बाँचिएको थियो भन्न थाल्छन् । चुप लागेर बस्दा विदेशी हस्तक्षेत्र पनि बढेको छ, देशभित्रै पनि फासीवाद बढ्दै गएको छ । के गर्ने अब ?

सरकारले केही गरेन भन्दा नेपाली कांग्रेसका बिचरा हाम्रा साथीहरु, तपाईहरु त प्रमुख प्रतिपक्ष हो नी । किन भिजेको बिरालो जस्तो भएर हिँडिरहनुभएको छ ? आवाज उठाउनुस भन्दा के भन्नुहुन्छ भने, हामीले भनेको कुरा सुन्दै सुन्दैनन् । दुई तिहाइको बहुमत छ, दुई तिहाईको बहुमत भनेपछि त्यहीबाट उनीहरुको सातोपुत्लो उढेर जाँदो रहेछ । हुन पनि संददीय खेलमा दुई तिहाईको ठूलो भूमिका हुन्छ । त्यो अकाट्य नै हुने भयो ।

तर दुई तिहाइलाई पनि चुनौति दिने सुत्र पनि छ, त्यो हो सडक संघर्ष । सडक आन्दोलनले त्यसलाई हामी चुनौती दिन सक्छौँ । त्यसले चाहिँ ३ चौथाई भए पनि मान्दैन । त्यसकारण नेपालमा फेरि पनि अर्को सडक आन्दोलनको आवश्यकता छ ।

इण्डो–प्यासिफिक  रणनीति जुन आएको छ, यो चाइनाको बिरुद्ध लक्षित छ । चाइनासंग अमेरिकाको फिलोसोफी पनि मिल्दैन । जापानले जतिसुकै प्रगति गरेपनि अमेरिकालाई केही पनि चिन्ता हुँदैन । आखिर हाम्रै त हो जापान त्यसलाई ठीक लगाई हालिन्छ भन्ने छ । चीन त अर्कै दर्शनबाट आएको भयो । चीनमा माओको नेतृत्वमा ठूलो क्रान्ति सम्पन्न भएर आएको पृष्ठभूमि छ । अर्कै दर्शन, अर्कै पद्धति, अर्कै तरिकाका साथ चीन आएको हुनाले अमेरिकाले उसलाई विश्वमा हावी हुन दिँदैन । चीनलाई यो कम्युनिष्ट देश भनेर नियन्त्रण गर्न खोजेको हुनाले उसले रोक्न खोज्छ । एउटा उदीयमान शक्ति र अर्को कम्युनिष्ट देश भएकोले यो काम भइरहेको छ ।

त्यसकारण पहिलो नबरमा हामी देशभक्त हौँ, चीनलाई घेरा हाल्न यो रणनीति ल्याएको हुँदा चीन के होला भन्ने चिन्ता भन्दा पनि नेपाल के हुने हो भन्ने चिन्ता गर्न आवश्यक छ । त्यसकारण यो रणनीतिलाई खारेज गर्नुपर्छ । त्यसका लागि अमेरिकी नीतिमा नेपाल सहभागी हुँदैन भनेर भन्नुप¥यो । अमेरिकी राष्ट्रपतिलाई यो रणनीति खारेज गर भन्ने हाम्रो हैसियत नपुगेपनि हामी यसलाई अस्वीकार गछौँ भन्ने हैसियत पुग्छ । सरकारले कुनै पनि हालतमा यो रणनीति मान्नु हुँदैन । यसबारेमा के के गर्न सकिन्छ गोष्ठि छलफलबाट जनतालाई जनचेतना जगाउदै जानुपर्छ । आम जनतालाई नै हामीले बिरोधमा उतारेर लाने हो भने यो सरकार त्यसमा सहभागी भएर जान सक्दैन ।

(इण्डो–प्यासिफिक रणनीतिबारे राजधानीमा आयोजित विचारमन्थन कार्यक्रममा व्यक्त विचार)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...