मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?
शुक्रबार, १० असोज २०७६, ०६ : ५८

प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुरूप मन्त्री, सचिव र कर्मचारीले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘तपाईंहरू सबै कस्सिएर काम गर्नुको विकल्प छैन, चल्ते चलाते किसिमले काम गरेर मुलुकको विकास र समृद्धि हासिल गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई कडा निर्देशन दिँदै भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल