सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु
ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा आजदेखि उडान शुरु भएको हो ।
यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ ।
काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो । यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो ।
लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ । कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा काठमाडौँ–ताप्लेजुङ उडान भरपर्दोसमेत हुन नसकेको स्थानीयले बताए ।
सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ ।
नियमित उडान भने हुन सकिरहेको छैन । ताप्लेजुङ स्टेशन इन्चार्ज राजु कार्कीका अनुसार काठमाडौँबाट ताप्लेजुङका लागि धेरैले अग्रिम टिकट लिएका छन् ।
तर ताप्लेजुङबाट काठमाडौँका फाट्टफुट्ट मात्रै यात्रु आउछन् । उडान शुरु भएपछि भने यात्रु अभाव नहुनेमा आफू विश्वस्त रहेको कार्कीले बताए । मौसम र जहाजमा समस्या नआए नियमित उडान हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या