मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सौन्दर्यजन्य सामग्री छ अर्बको आयात

बिहीबार, ०९ असोज २०७६, १८ : ४८
बिहीबार, ०९ असोज २०७६

काठमाडौं – सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ । 

आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताए । डा. आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए । 

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालीम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका १०० स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप