कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ
बिहीबार, ०९ असोज २०७६, १८ : १४
बुटवल– कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न १८ ढोडने बस्ने २० वर्षीय रजिनेस बुढा र सोही ठाउँ बस्ने नरेश विक रहेका छन् । उनीहरुको साथबाट डाइज्पम २ एमएलको सिसी ३७ पिस, नुकिन २ एमएलको ३८ पिस, प्रोमथाइजिङ हाईड्रो क्लोराइड इन्जेक्सन २ एम एल को ३९ सीसी फेला परेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक मोतिलाल योञ्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार