बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निशुल्क

बिहीबार, ०९ असोज २०७६, १७ : १२
बिहीबार, ०९ असोज २०७६

ललितपुर– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न  ल्याव परीक्षण निशुल्क गर्ने भएको छ ।

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो ।  

लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् । 

स्वस्थ्य मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए ।

उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निशुल्क शिविरमा विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ ।

शिविरमा जाँच गरेकाहरुको  १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए ।

अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको छ । साथै अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप