सहिद परिवारले दुर्घटना बिमामा ५० प्रतिशत छुट पाउने
बिहीबार, ०९ असोज २०७६, १५ : ५२
काठमाडौं–सहिद परिवारले दुर्घटना बिमामा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । बिमा समितिले पाँचौ संविधान दिवसको अवसरमा सहिद परिवालाई दुर्घटना बिमामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो ।
सोही अनुसार गर्न/गराउन समितिले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिमा कम्पनीलाई सहुलियतपूर्ण दरमा बिमा गराउँन पनि भनिएको छ ।
यस्तो छ सहिद परिवारले पाउने सहुलियतः