पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो (अपडेट)
बिहीबार, ०९ असोज २०७६, १४ : २६
एजेन्सी– पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।
मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ । –एएफपी/bbc-hindi
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना