शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम गुल्मी लोकतारा–देवी पल्लीलाई बचाउन अपिल

बिहीबार, ०९ असोज २०७६, १४ : ०६
बिहीबार, ०९ असोज २०७६

गुल्मी– जिल्लाको लोकगायन प्रतियोगितमा प्रथम गुल्मी लोकताराको इतिहास रचेकी चर्चित गायिका देवी पल्ली दुबै मृगौला फेल भई यति बेला जिवनमरणको दोसाँधमा पुगेकी छन् । गुल्मीको मुसिकोट नगरपालिका  वडा नम्वर ४ बडागाउँ डाँडाथोक निवासी ४० वर्षीया पल्ली  अहिले काठमाडौंको शिक्षण अस्पतालमा भर्ना भएकी छन् । घरको आर्थिक अवस्था दयानिय भएका कारण उनको उपचारका लागि सहयोग जुटाउन उनका आफन्तजनहरु सञ्चार माध्यमको सहारा लिन आएका हुन् ।

उनका मामा  लोकप्रसाद छन्त्यालले भने, ‘भाञ्जीको उपचारका लागि उनको  पुरै घर सम्पत्ति बेचे पनि नसकिने भएकोले सञ्चारमाध्यमको सहारा लिई सबैसँग सहयोगको हात फैलाउन बाध्य हुनुपरेको हो ।  उनका श्रीमान रमेश (गीता)पल्लीले श्रीमती बचाउनका लागि सबैसँग सहयोगको अपिल गरेका छन् ।

तीन सन्तानकी आमा गायिका पल्लीको दुवै मृगौला फेल भएको एक  महिना अघिमात्र शिक्षण अस्पतालले पत्ता लगाएको थियो ।  लोक दोहोरी प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले गायिका  पल्लीको उपचारका लागि सबैसँग कलाकारहरुले सहयोग संकलनको अभियान चलाउने बताए । उनले सञ्चारमाध्यमले पनि यस अभियानमा सहयोग गरिदिन आग्रह गरे ।

लोकदोहोरी प्रतिष्ठान गुल्मीले २०७० सालमा प्रथम गुल्मी लोकतारा प्रतिस्पर्धा गराउँदा उनी जिल्लाभर मै उत्कृष्ट प्रतिस्पधी भई प्रथम गुल्मी लोकताराको उपाधि प्राप्त गरेकी थिइन् । त्यसपछि उनले दर्जनौ लोक गीतहरु बजारमा ल्याएर स्थापित गायिका बनेकी छन् ।

उनलाई सहयोग गर्न चाहने महानुभावले उनको  श्रीमानको मोवाईल नम्वर ९८६९३२०५२३ र मामाको  ९८४७५०६१७२ मा सम्पर्क राख्न सकिने जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप