शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ जनकपुरको सुरक्षा व्यवस्थाको योजना

बिहीबार, ०९ असोज २०७६, ११ : ५५
बिहीबार, ०९ असोज २०७६

जनकपुर–दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी दशैं, तिहारलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाइ जिल्लाको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका विभिन्न १२ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ भने विभिन्न स्थललाई विशेष सुरक्षा निगरानीमा समेत राखेको छ । 
त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, बजारमा विशेष निगरानी गरिएको समेत उपरीक्षक खनालले बताए ।
सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा प्रहरी गस्ती गाडी, मोटरसाइकल लगायतको साधनबाट ५२ वटा गस्ती टोली परिचालन गरिएको उनले जानकारी दिए ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालय धनुषाले दशैंमा सदरमुकाम बाहिर जाने यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण समेत बनाएको ट्राफिक प्रहरी प्रमुख परशुराम घिमिरेले बताए ।

धनुषा प्रहरीले दशैं, तिहार चाडपर्व लक्षित गरी सुरक्षा योजनालाई प्रभावकारी बनाउन नगर भित्र ४ सय ८५ जना प्रहरी परिचालन गरेको छ । 

सर्वसाधारणको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थामा हुने लुटपाट नियन्त्रण गर्न आवश्यक सुरक्षा व्यवस्था कडा गरिएको उपरीक्षक खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप