शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो हुँदैछ पोखरामा सागको तयारी

बिहीबार, ०९ असोज २०७६, ११ : १८
बिहीबार, ०९ असोज २०७६

पोखरा । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीताको तयारी पोखरामा तीव्र गतिमा भइरहेको छ । मंसिर १५ देखि सुरु हुने प्रतियोगीताका २७ खेलमध्ये ७ खेल पोखरामा हुने छन् । 

अहिले भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । जसमा  फुटबल मैदानको ६० प्रतिशत काम सकिएको छ । 

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारका अनुसार फुटबलको प्यारपिट र ग्राउन्ड स्ट्यान्डका लागि भारतबाट सामान मगाइएको छ ।  अन्य काम पनि तीब्र गतिमा भइरहेको उनको भनाई छ । 
साग खेल मध्ये पोखरामा महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रयाथलन, आर्चरी, भारत्तोलन र भलिबल प्रतियोगीता हुनेछ । क्रिकेट प्रतियोगीता समेत हुने भनिएपनि निश्चित नभएको इन्जिनियर ताम्राकारले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप