शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टर मिलानको अपराजित यात्रा जारी

बिहीबार, ०९ असोज २०७६, १० : १६
बिहीबार, ०९ असोज २०७६

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा इन्टरले लाजियोलाई १–० गोलले हरायो ।

इन्टरको जितमा डानिलो डी’आम्ब्रोसिओले गोल गरे । डानिलोले २३औं मिनेटमा गरेको गोलनै इन्टरको जितमा निर्णयक बन्यो । जितसँगै इन्टरले पाँच खेलबाट १५ अंक बनाएको छ । सात अंक बनाएको लाजियो आठौं स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको समान खेलबाट १३ अंक पुगेको छ ।

अर्को खेलमा एस रोमालाई २–० गोलले हराउँदै एटलान्टा तेस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको जितमा डुभान जापटाले ७१औं र मार्टेन डे रोनले ९०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एटलान्टाले १० अंक बनाएको छ । अर्को खेलमा बलियो नापोलीलाई काग्लियरीको नराम्रो धक्का लागेको छ । नापोली घरेलु मैदानमै काग्लियारीसँग १–० गोलले पराजित भयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप