पीएसजीलाई घरमै रेइम्सको झट्का

स्टार खेलाडी नेयमार र एन्जल डी मारियाले गोल गर्न नसकेपछि साविकक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) लाई घरेलु मैदानमै रेइम्सको नमिठो झट्का लागेको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजी रेइम्ससँग २–० गोलले पराजित भयो । जारी लिगमा सातौं खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । यसअघि पीएसजी रेनेससँग २–१ गोलले पराजित भएको थियो । घरेलु मैदानमा भने पीएसजीले १६ महिनापछि हार खेपेको हो ।
रेइम्सको जितमा २९औं मिनेटमा हसाने कामराले पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा बोउलाय डियाले गोल गर्दै रेइम्सको जित पक्का बनाए । बल पोजीसनका पकड जमाएपनि पीएसजीको गोल गर्ने प्रयास सफल हुन सकेन । हारपछि पीएसजी शीर्ष स्थानमा यथावत छ ।
पीएसजीको सात खेलबाट १५ अंक छ । समान १५ अंक बनाएको एन्जर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । आठौं स्थानमा रहेको रेइम्सको ११ अंक छ । बुधबार रातिनै भएको खेलमा एन्जर्सले टोउलुसे २–० गोलले पराजित गरेको हो । अर्को खेलमा तेस्रो स्थानको लिलेले स्टारबर्गलाई २–० गोलले नै हरायो । जितसँगै लिलेले सात खेलबाट १३ अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)