बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा विहानै गोली चल्यो, प्रहरीको गोली लागेर एकजना घाइते

बिहीबार, ०९ असोज २०७६, ०८ : ३०
बिहीबार, ०९ असोज २०७६

जनकपुरमा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । बिहिबार विहान ३ बजे डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली चलाएको हो ।

जनकपुरधाम उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङमा डकैती गरिरहेका चार डाँका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको  धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रहरीका अनुसार एक डाकाको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको छ ।

भने अन्य पक्राउ पर्नेमा २ जना भारतीय र २ जना रौतहटका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेकाले पक्राउ पर्नेहरुको थप विवरण प्रहरीले बिहान ९ बजे प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप