नेकपाको गुटगत विवाद उत्कर्षमा
बिहीबार, ०९ असोज २०७६, ०७ : २६

नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ ।
प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्व माओवादी समूहका नेताहरुबीच टकराव देखिएको छ ।
प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिव लगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योगमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुलिएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा