जनताले भरोसा गरेको पार्टी रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन : महामन्त्री कोइराला

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार काण्डै काण्डमा फसेकाले विकासको कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रेस युनियन खोटाङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालले भने , ‘बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड र निर्मलाहत्या काण्ड जस्ता काण्डले भरिएको छ । यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्यो ।’
वर्तमान सरकारले संविधानको समेत रक्षा गर्न नसक्ने अवस्था आएको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उनले बताए ।
‘दुई तिहाईको दम्भ पालेर संविधानमाथि नै संकट पैदा गरेको छ । संविधानको रक्षा गर्नु काँग्रेसको जिम्मेवारी भएकाले भद्र तरिकाले प्रस्तुत भइरहेको छ । जनताले भरोसा गरेको पार्टी भएकाले प्रतिपक्षमा बसेर रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन,’ महामन्त्री कोइरालाले भने ।
फरक प्रसंगमा काँग्रेसभित्रको गुटबन्दी आगामी अधिवेशनसम्म मात्र रहने उनको दाबी थियो ।
उनले भने, ‘कमजोरहरुले गुट–उपगुट चलाउँछन् । आउने अधिवेशनसम्म त्यसको अन्त्य हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा