बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लाहुरे संस्कृतिबाट समाज प्रभावित भएकाले युवा विदेशिए : मुख्यमन्त्री पोखरेल

बुधबार, ०८ असोज २०७६, १९ : १४
बुधबार, ०८ असोज २०७६

बुटवल – प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लाहुरे संस्कृतिबाट समाज प्रभावित भएकाले पनि युवा विदेशिने गरेको बताएका छन् । 

उनले युवाहरु स्वादेशमा बस्ने बतावरण मिलाउने सवैको दाहित्व भएको बताए । सामाजिक विकास मन्त्रालयले  बुटवलमा आयोजना गरेको प्रदेश रोजगार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले वैदेशिक रोजगारलाई समाजले प्रतिष्ठाको विषय बनाएका कारणले पनि युवाहरु विदेशिएको बताए ।

एउटै काम युवाले नेपालमा गरे समाजले प्रशंसा नगर्ने तर विदेशमा गएर काम गरे लाहुरे भनेर प्रशंसा हुने भएकाले पनि लाहुरे संस्कृतिका कारण युवा विदेश गएको उनको भनाइ थियो । रोजगारको अभाव र विदेशमा रोजगारीलाई प्रतिष्ठाको विषय ठान्ने सामाजिक संस्कृतिले युवा विदेश गएको उनले बताए ।

उनले देशभित्र श्रम र पसिना बगाउने संस्कृति निर्माण गर्नुपर्ने बताए । नेपालमा कृषि र पर्यटनको क्षेत्रबाट धेरै युवाले रोजगार पाउन सक्ने भन्दै उनले स्वदेशमा लगानी गरी उद्यमशील बन्न युवालाई उनले आग्रह गरे । 

उनले विगतदेखि नै परम्परागत रुपमा कृषि गर्ने तर व्यवसायिक बन्न नसक्दा त्यहि कृषिमा ठूलो श्रमशक्ति अलमलिएकाले त्यो जनशक्ति अन्यत्र परिचालन गर्नुपर्ने बताए ।

उनले प्रदेशको समृद्धि कृषि नै पहिलो भएको बताउंदै अब निर्यात र आयात प्रतिस्थापन गर्ने गरी उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए । प्रदेश ५ मा कृषि मार्फत खाद्यान्नमा आत्मनिर्भर भएर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशलाई निर्यात गर्नसक्ने हैसियत राख्ने भएकाले रोजगारीका लागि समेत ठूलो अवसर रहेको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमलगायतले आफ्नो धारणा राखेका थिए । एिकदिने प्रदेशस्तरीय रोजगार सम्मेलनमा प्रदेश ५ को सम्भावित रोजगारीका क्षेत्र र त्यसमा निजी क्षेत्रको सहकार्यका बारेमा पनि छलफल गरिएको थियो ।

सम्मेलनमा फ्यूज मेशिन, जेनिश, श्रीनगर एग्रो फर्म, रोजगारी पसल र मोरङ अटो वक्र्ससपले कसरी रोजगारी सृजना गरेका छन् भनेर प्रस्तुती राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप