शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका खातावालालाई बिमा रकम भुक्तानी

बुधबार, ०८ असोज २०७६, १८ : ५५
बुधबार, ०८ असोज २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल महानुभावहरुलाई बिमा सुविधा अन्तर्गतको बिमा रकम दाबी भुक्तानी गरेको छ । 

जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन हुनुभएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बिमा दुर्घटना वापतको रकम रु ४,९१,२५३ भुक्तानी गरिएको छ । 

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३ भुक्तानी गरेको छ । 

त्यसैग्री, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५० रकम भुक्तानी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप