‘डिस्कभरी अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ मा पाँच सय वर्षको इतिहास समेटिने
काठमाण्डौ – सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय वर्षअघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।
लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् ।
करिब पाँच सय वर्षअघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स(बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए ।
गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरीअफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो एेतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् ।
लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा भ्रमण गरेका थिए ।
मल्ल शासन काल यता करिब पाँच सय वर्ष देखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाण्डौसंग स्थापीत रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् ।
लेखकले पुस्तक ‘डिस्कभरी अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तराष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना