काँग्रेस नेता साउदको आपत्ति
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भीर आपत्ति जनाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्याउन माग गरे । नेपालको संविधान, कानुन विपरितको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको नेता साउदको भनाइ छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिएर सत्तारुढ नेकपाले सत्ता कब्जाको अभ्यास गरेको विषयलाई हामीले गम्भीर आलोचनाको विषयको रुपमा लिएका छौं,’ नेता साउदको भने , ‘त्यसकारण सत्तारुढ नेकपा सच्चिनु पर्छ र दुई पार्टीबीच गरिएको सहमतिको सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ नेता साउदले दुई पार्टीबीचको सम्बन्धले राष्ट्रलाई नोक्सान पु¥याउन नहुने पनि बताए ।
यता, सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले भने चिनियाँ नेताहरुले ‘सी विचारधारा’ मान्न आफूहरुलाई कुनै दवाव नदिएको स्पष्टिकरण दिए । उनले बरु नेपालका कम्युनिष्ट पार्टीहरुले बेलायत, अमेरिका मोडलको लोकतन्त्रको अभ्यास गरिरहेकोतर्फ पनि काँग्रेस नेताहरुको ध्यानाकर्षण गराए ।
नेता पौडेलले लोकतन्त्रको सच्चा हिमायती आफ्नो पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परेको भनेर कुनै पनि राजनीतिक दलले भन्न नमिल्ने तर्क समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता