देशको अर्थतन्त्रले सही गति लिन लागेको हो ? प्रतिवेदन भन्छ– आयात घट्यो, निर्यात बढ्यो
काठमाडौं–चालू आर्थिक वर्ष २०७६÷०७७ मा देशमा व्यापार घाटा कम हुने संकेत देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनले व्यापारघाटा कम हुने संकेत गरेको हो । साउनमा आयात ११.५१ प्रतिशतले घटेको छ भने निर्यात २७.६८ प्रतिशतले बढेको तथ्यांक भन्सार विभागसँग छ ।
गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अन्य मुलुकतर्फको निर्यातमा भने ९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा तेल, अलैंची, दन्तमन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, पस्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर .१ खर्ब ६ अर्ब ७३ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति .६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु२४ अर्ब ७७ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ । आयात बढेसँगै भुक्तानी सन्तुलन बचतमा रहेको हो ।
विदेशी मुद्राको सञ्चिती पनि बढ्यो
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा पनि वृद्धि भएको देखाएको छ । तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भइ २०७६ साउन मसान्तमा रु १० खर्ब ६४ अर्ब ६४ करोड पुगेको देखाएको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ साउन मसान्तमा .९ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको छ ।
विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा .१ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ साउन मसान्तमा.१ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । २०७६ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.७ प्रतिशत, ७३.५ प्रतिशत र २९.८ प्रतिशत रहेका छन् ।
२०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ महिनापछि मैदानमा फर्कँदै तीव्र गतिका बलर मोहम्मद सामी
-
बिक्न छाडे ठेका र मदानी
-
अध्यादेशबाट कति उत्साहित छन् रियल स्टेट व्यवसायी ?
-
फ्लोरेन्टिनो पेरेज थप चार वर्ष रियल म्याड्रिडको अध्यक्ष
-
ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी
-
बेलायतमा छायाङ्कन गरिएको कौडा गीत ‘सोल्टीनी सोल्टीज्यू’ सार्वजनिक