बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मूलका ‘काले’

बुधबार, ०८ असोज २०७६, १५ : ४६
बुधबार, ०८ असोज २०७६

काठमाडौँ । कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा पनि बोल्न जानेका छन् । एसएसपी थापाले भने, ‘पिटरले नेपालीसँगै हिन्दी, अंग्रेजी पनि बोल्न सक्छन् ।’

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । 

प्रहरीले बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप