पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी
बुटवल– पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।
पाल्पामा उपचार हुन नसेकपछि उनीहरुको बुटवलको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ । बिरामीमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि, उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । २ जनाको भने अवस्था सामान्य छ ।
घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए । शुरुमा बिरामी भएकालाई प्रवासमा उपचार गर्न ल्याएको थियो त्यहाँ उपचार नभएपछि बुटवल ल्याएको हो । बर्षाको बेला ग्रामिण क्षेत्रमा जंगली च्याउ खाँदा बिरामी हुने र कतिपय अवस्था मृत्युसमेत भएका घटनाहरु विगतमा पनि हुने गरेका छन् । पाल्पामा गतसाल पनि च्याउ खाएका कारण केही व्यक्ति बिरामी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत