पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा छैनः माधव नेपाल
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् ।
नेकपाका विदेश विभाग प्रमुख समेत रहेका रिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए ।
पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको पनि स्पष्ट पारे ।
वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालभैm उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटकपटक पाउने गरेको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य