२५ लाख पुरस्कारको ‘कमेडी च्याम्पियन’ तिहारपछि

काठमाडौं –पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसँगै नेपालमा भित्रिएका धेरै शोले दर्शकको साथ पाइरहेको छ ।
यसरी भित्रिएका रियालटी शोमा कमेडी शो भने निकै कम छन् । केही अगाडि ‘तितो सत्य’, ‘मेरी बाँसै’ र ‘जिरे खुर्सानी’ कमेडी बिषयबस्तुमा प्रदर्शन हुन्थे । यस्ता श्रृखला दर्शकको मन जित्न सफल पनि थिए ।
तर दमदार कमेडी शोको खडेरी नेपाली टेलिभिजन दुनियमा परिनै रह्यो । दर्शकका दमदार कमेडीले भरिएको शो हेर्न चाँहन पुरा गर्ने उदेश्यका साथ अव ‘कमेडी च्याम्पियन’ नाम शो आउने भएको छ ।
केही अगाडि एक कार्यक्रम सहित घोषणा भएको शोको अहिले डिजिटल अडिसनसँगै फिजिकल अडिसन समेत भइरहेको छ । जसबाट २४ प्रतियोगी छानिएका छन् ।
डिजिटल अडिसनमा मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियो मार्फत २ हजार प्रतियोगी सहभागी थिए । ति मध्य एकसय पाँच पहिलो चरणको छनौटमा परेका थिए ।
गत २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ अर्काे चरण्का लागि छानिन सफल भएका हुन् ।
बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायकको अगाडि प्रत्यक्ष आफ्नो प्रस्तुति राख्दै २४ प्रतियोगी अर्काे चरणका लागि छानिएका हुन् । छानिएका २४ छनौट प्रतियोगी मध्य २ भारतको दार्जिलिङ र असामका छन् ।
छानिएका २४ प्रतियोगी अहिले क्लोज क्याम्पमा रहेर प्रतिभा निखारी रहेका छन् । ति मध्य निर्णायकले अवको चरणमा उत्केष्ट १५ छान्नेछ । चानिएका १५ मध्यबाट भोटिङका आधारमा एक विजेता छानिने आयोजले जनाएको छ ।
‘थ्रि प्रोडक्सन’को निर्माण रहेको शोका अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलियाल निर्माता रहेका छन् ।
विशाल भण्डारीको निर्देशन रहेको शो दशै तिहारपछि कान्तिपुर टिभीबाट प्रसारमा आउनेछ । शो नेपाल आइडल होस्ट रीमा विश्वकर्माले संचालन गर्नेछिन् ।
शोका विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्न आयोजकले जनाएको छ । रेडियो पार्टन रेडियो अडियो रहेको शाकोे वेलकम एड्भरटाइजिङ बजार व्यस्थापक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता