बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२५ लाख पुरस्कारको ‘कमेडी च्याम्पियन’ तिहारपछि

बुधबार, ०८ असोज २०७६, ११ : ५७
बुधबार, ०८ असोज २०७६

काठमाडौं –पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसँगै नेपालमा भित्रिएका धेरै शोले दर्शकको साथ पाइरहेको छ ।

यसरी भित्रिएका रियालटी शोमा कमेडी शो भने निकै कम छन् । केही अगाडि ‘तितो सत्य’, ‘मेरी बाँसै’ र ‘जिरे खुर्सानी’ कमेडी बिषयबस्तुमा प्रदर्शन हुन्थे । यस्ता श्रृखला दर्शकको मन जित्न सफल पनि थिए ।

तर दमदार कमेडी शोको खडेरी नेपाली टेलिभिजन दुनियमा परिनै रह्यो । दर्शकका दमदार कमेडीले भरिएको शो हेर्न चाँहन पुरा गर्ने उदेश्यका साथ अव ‘कमेडी च्याम्पियन’ नाम शो आउने भएको छ । 

केही अगाडि एक कार्यक्रम सहित घोषणा भएको शोको अहिले डिजिटल अडिसनसँगै फिजिकल अडिसन समेत भइरहेको छ । जसबाट २४ प्रतियोगी छानिएका छन् । 

डिजिटल अडिसनमा मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियो मार्फत २ हजार प्रतियोगी सहभागी थिए । ति मध्य एकसय पाँच पहिलो चरणको छनौटमा परेका थिए ।  
गत २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ अर्काे चरण्का लागि छानिन सफल भएका हुन् । 

बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायकको अगाडि प्रत्यक्ष आफ्नो प्रस्तुति राख्दै २४ प्रतियोगी अर्काे चरणका लागि छानिएका हुन् । छानिएका २४ छनौट प्रतियोगी मध्य २ भारतको दार्जिलिङ र असामका छन् ।

छानिएका २४ प्रतियोगी अहिले क्लोज क्याम्पमा रहेर प्रतिभा निखारी रहेका छन् । ति मध्य निर्णायकले अवको चरणमा उत्केष्ट १५ छान्नेछ ।  चानिएका १५ मध्यबाट भोटिङका आधारमा एक विजेता छानिने आयोजले जनाएको छ । 

‘थ्रि प्रोडक्सन’को निर्माण रहेको शोका अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलियाल निर्माता रहेका छन् । 

विशाल भण्डारीको निर्देशन रहेको शो दशै तिहारपछि कान्तिपुर टिभीबाट प्रसारमा आउनेछ । शो नेपाल आइडल होस्ट रीमा विश्वकर्माले संचालन गर्नेछिन् । 

शोका विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्न आयोजकले जनाएको छ । रेडियो पार्टन रेडियो अडियो रहेको शाकोे वेलकम एड्भरटाइजिङ बजार व्यस्थापक रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप