खुल्ला दिसामुक्त राजधानीका क्याम्पसकै शौचालय अस्तव्यस्त
स्वच्छ पानीसँगै सफा शौचालय मानवका लागि अनिवार्य आवश्यकता हो । मानिसको अधिकार पनि हो । सरकारले शैक्षिक संस्था, सार्वजनिक स्थल र एक घर एक शौचालय भन्ने नारा लगाइरहेको छ । राजधानीलाई खुल्ला दिसामुक्त घोषणासमेत गरिएको छ । उपत्यकाका अधिकांश क्याम्पसहरूको शौचालयको अवस्था भने दयनीय छ । उपत्यकाभन्दा बाहिर दूरजराजमा निर्माण शौचालयहरूको अवस्था कस्तो होला ?
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसका विद्यार्थी दुर्गन्धित तथा अव्यवस्थित शौचालय प्रयोग गर्न बाध्य छन् ।
क्याम्पसका शौचालयहरूमा कतै पानीको अभाव, कतै ढोकामा चुकुल नहुँदा अँध्यारो र दुर्गन्धित शौचालय प्रयोग गरेको पाइन्छ ।
रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी दुर्गन्धित शौचालय प्रयोग गर्न बाध्य छन् । शौचालयको धारामा नियमित पानी नआउने विद्यार्थी कोपिला रेग्मीले बताइन् । ‘दुर्गन्धले शौचालयमा पसिनसक्नु हुन्छ’, उनले भनिन्, शौचालय पस्न मन नलाग्दानलाग्दै बाध्यताले जानुपर्छ ।’
शौचालयको २ वटा कोठा अध्यारो हुँदा समस्या भएको उनले बताइन् । शौचालयको सफाइमा क्याम्पसले ध्यान नदिएको छैन । ‘पानी धारामा नियमित आउँदैन’, उनले भनिन्, घरीघरी पानी आए पनि हात धुने साबुनको व्यवस्था छैन ।’
यस्तै फोहोर शौचालयमध्ये ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको शौचालय पनि पर्छ । क्याम्पसको शौचालय फोहोर छ भन्ने कुरा करिब एक सय मिटर वरपरबाट नै थाहा पाउन सकिन्छ । शौचालयको सबै कोठामा पानीको धारा तर पानी झर्दैन ।
शौचालय जाँदा साथी लिएर जानुपर्ने विद्यार्थी लक्ष्मीले सुनारले बताइन् । ‘शौचालयको ढोकाहरूमा चुकुल नभएका कारण एक जना साथी बाहिर गार्ड बस्ने अनि मात्रै शौचालय जानुपर्छ । शौचालय फोहोर हुँदा महिनावारी भएको समयमा गाह्रो हुन्छ’, उनले भनिन् ।
यसैगरी फोहोर शौचालयका रूपमा पद्म कन्या क्याम्पसको शौचालयको नाम पनि पर्छ । विद्यार्थी विपना सिंहका अनुसार शौचालय दुर्गन्धित छ । ‘शौचालयको सबै धारामा पानी आउँदैन् । कुनै कुनै धारामा पानी झरे पनि साबुन, डस्बिनको व्यवस्था पनि छैन । क्याम्पसका अन्य सङ्कायको शौचालयको तुलनामा लाइब्रेरीको शौचालय सफा भने छ’, उनले भनिन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीमा रहेका क्याम्पसहरूका शौचालय अव्यवस्थित छ । क्याम्पस प्रशासनले शौचालयको विषयमा ध्यान नदिँदा विद्यार्थीहरू फोहोर शौचालय प्रयोग गर्न बाध्य छन् ।
क्याम्पसका शौचालय अपाङ्मैत्री नहुँदा फरक क्षमता भएकाहरूले झन् सास्ती खेप्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका त्रिचन्द्र क्याम्पस, शङ्खरदेव क्याम्पस, बाल्मीकि संस्कृत विश्वविद्यालय र सरस्वती क्याम्पसलगायत उपत्यकामा रहेका क्याम्पसहरूका विद्यार्थीहरूले फोहोर शौचालय प्रयोग गरेका छन् ।
*****
क्याम्पस प्रशासनले शौचालयको व्यवस्थान नगर्दा विद्यार्थी दुर्गन्धित शौचालय प्रयोग गर्न बाध्य छन् । शौचालय सरसफाइ अभियान्ता श्रीकृष्ण सिम्खडाका अनुसार क्याम्पसमा निर्माण गरिने भौतिक संरचना जस्तो शौचालयलाई प्राथमिकता नदिएको बताउँछन् । ‘क्याम्पसको दुर्गन्धित शौचालय प्रयोग गरेर मन्त्री, प्रधानमन्त्री बन्नेहरू क्याम्पसको कार्यक्रममा पुरस्कार वितरण गर्न आउँछन् । त्यही शौचालय प्रयोग गर्छन् तर शौचालयलाई व्यवस्थित अनि दुर्गन्धरहित बनाउन चासो दिँदैनन् ।’ उनले भने
*****
क्याम्पसमा भएका शौचालयहरूलाई व्यवस्थित बनाउन क्याम्पसहरूले हेलचक्र्याइँ गरेकोे पाटन संयुक्त क्याम्पसका विद्यार्थी योग गुरुङले बताए ।
परीक्षा दिने क्रममा उपत्यकाका धेरै क्याम्पसमा जाँदा दुर्गन्धित र अव्यवस्थित शौचालय नै प्रयोग गर्नुपरेको उनले बताए । ‘त्रिभुवन विश्वविद्यालय र्कीतिपुरका शौचालयमा समेत अपाङ्गमैत्री तथा महिलामैत्री छैनन् । शौचालयमा पानी, फोहोरका लागि डस्बिन, ढोकामा चुकुलसमेत छैन,’ उनले भने ।
क्याम्पस प्रशासनले शौचालयको व्यवस्थान नगर्दा विद्यार्थी दुर्गन्धित शौचालय प्रयोग गर्न बाध्य छन् । शौचालय सरसफाइ अभियान्ता श्रीकृष्ण सिम्खडाका अनुसार क्याम्पसमा निर्माण गरिने भौतिक संरचना जस्तो शौचालयलाई प्राथमिकता नदिएको बताउँछन् । ‘क्याम्पसको दुर्गन्धित शौचालय प्रयोग गरेर मन्त्री, प्रधानमन्त्री बन्नेहरू क्याम्पसको कार्यक्रममा पुरस्कार वितरण गर्न आउँछन् । त्यही शौचालय प्रयोग गर्छन् तर शौचालयलाई व्यवस्थित अनि दुर्गन्धरहित बनाउन चासो दिँदैनन् ।’ उनले भने
क्याम्पस प्रशासनले शौचालय सफा गर्नेहरूलाई पारिश्रमिक कम दिने गरेको सिम्खडाले बताए । ‘पानी नियमित नआउने शौचालयमा सफा कसरी गर्ने, भएको शौचालयलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा क्याम्पस प्रशासनले ध्यान दिएको पाइँदैन,’ उनले भने ।
शौचालय निर्माण गर्दा मापदण्डमा आधारित भएर निर्माण गरेको खण्डमा समस्या हुँदैन । शौचालय निर्माण गर्दा पानी ट्याङ्की, डस्टबिन, बेसिन, दुगन्र्ध व्यवस्थापन, प्रकाश, बिजुली बत्ती, टायल, पेन्टिङ, प्यान, भेन्टिलेसन, महिला र पुरुषको नेमप्लेट र महिनावारी हुँदा प्रयोग गरिने प्याडको व्यवस्थापन गर्न सकिने र आपङ्मैत्री बनाउनुपर्छ । एकाध क्यम्पसहरूले मापदण्डमा आधारित भएर क्याम्पसहरूले निर्माण गरे पनि सफा र व्यवस्थित बनाउन नसक्दा विद्यार्थीहरूले सास्ती खेप्दै आएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक ३ सय मिटरमा एउटा शौचालय हुनुपर्छ । यो मापदण्ड पूरा गर्न नसके पनि एक वर्ग किमिमा कम्तीमा एउटा शौचालय बनाउन निर्माण गर्नु पर्छ ।
फोहोर शौचालय प्रयोग गर्दा विभिन्न किसिमका सरुवा रोग सङ्क्रमण हुने गरेको छ । शौचालयमा गएर सफा पानी साबुनको प्रयोग नगर्दा गर्मी यामको समयमा सरुवा रोगका सङ्क्रमित बढ्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताए । महिनावारी भएको समयमा महिलाहरूले फोहोर शौचालय प्रयोग गर्दा सरुवा रोगको सङ्क्रमण हुने जोखिम बढ्न सक्ने उनले बताए ।
‘फोहोर शौचालय जाँदा गर्मी मौसममा हैजा, झाडापखाला, महिलाको पाठेघरमा सङ्क्रमित किटाणुहरूले आक्रमण गर्न सक्छ ।’ उनले भने, ‘फोहोर शौचालय कारण झाडापखाला प्रकोप समस्या देखिएको छ ।’
घरको शौचालय हेरेर त्यस घरको सरसफाइ कस्तो छ भन्ने कुरा थाहा हुन्छ भनेझँै क्याम्पसहरूको शौचालयको अवस्था देखेर त्यहाँको व्यवस्थापकीय शैली कस्तो छ थाहा पाउनसमेत सकिने सिम्खाडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता