बन्चरे ल्यान्डफिल साइटको काम रोक्ने चेतावनी, पाँच हजार रोपनी जग्गा अधिग्रहण गर्न माग
धादिङ र नुवाकोट सिमानास्थित बन्चरे क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।
सरकारले मंसिरदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले यस्तो चेतावनी दिएका हुन्।
शहरी विकास तथा भवन निर्माण विभागले बन्चरे डाँडा ल्यान्डफिल साइटको एक दर्जनभन्दा बढी संरचना निर्माण गरिरहेको अवस्थामा स्थानीयले आफ्नो माग पूरा गर्न नसकेको भन्दै फोहोर रोक्ने चेतावनी दिएका हुन्।
स्थानीय श्रीराम ढुंगानाले १३ गाउँको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे बन्चरे ल्यान्डफिल साइटको सबै काम रोक्ने बताए ।
उनले भने– ‘पटक–पटक वार्ता गर्यौ, हाम्रो कुराको सुनुवाइ भएन, जबसम्म बन्चरे ल्यान्डफिल साइटका प्रभावित जनताको स्वामित्वमा रहेको जग्गा अधिग्रहण गरिँदैन तबसम्म बन्चरेको काम रोक्छौं, अनि सिसडोलमा फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’
सरकारले ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिलका लागि करिब एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। सोहीअनुसार सरकारले बन्चरेडाँडामै फोहोर व्यवस्थापन गर्ने तयारी थालेको छ।सरकारले करिब एक अर्ब रुपियाँ खर्च गरेर बन्चरे ल्यान्डफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो