गाँजा तस्करलाई गोली हानेर पक्राउ
हेटौंडा-प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२९ का चौधरीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना६ख १३१ नंको ट्रकमा सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक भगाएका थिए ।
चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकी प्रहरी जवानलाई लछारपछार गर्दै जङ्गलतर्फ लैजाने प्रयास गर्दा पिछा गर्दै आएका प्रहरीले गोली प्रहार गरी चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
घटनामा दुईजना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले जानकारी दिए । प्रहरीले ट्रकको क्याबिनबाट १४ पोकामा रहेको ७८ किलो ८०० ग्राम लागुऔषध गाँजा बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न