बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरणमा परे मलाई बचाउनुस् भन्दै डिएसपीलाई फोन गरेपछि...

मङ्गलबार, ०७ असोज २०७६, १९ : १२
मङ्गलबार, ०७ असोज २०७६

पोखरा– आफु अपहरणमा परेको झुठो खबर प्रहरीलाई दिएर नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेनदेनेको विषयलाई लिएर विपक्षीलाई फसाउनका लागि नाटक गरेको खुलेपछि पोखरा महानगरपालिका ११ फूलबारीका ४२ वर्षीय नारायणप्रसाद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीका अनुसार पौडेलले ४ गते दिउँसोपख प्रहरीलाई फोन गरेर आफू अपहरणमा परेको बताएका थिए । ‘फोन पनि मलाई नै गरेको थियो,’ उनले भने, ‘मलाई फोन गरेर । सर, म अपहरणमा परे मलाई बचाउनुस् हजुर भन्दै बिलौना गर्न थाल्नुभयो ।’

डिएसपी केसीका अनुसार उनले फोन गर्दा मादक पदार्थ सेवन गरेका थिए । अपहरण परेको स्थानबारे सोधीखोजी गर्दा अपहरणकारी हिँडिसकेकोे बताउँदै उनले प्रहरी कार्यालयमा आउने समेत बताएका थिए । ‘आवाज पनि मादक पदार्थ सेवन गरेको जस्तै आएको थियो,’ उनले भने, ‘अनि अपहरणमा परेको स्थान कहाँ हो, तपाईं कहाँ हो ? हामी लिन आउनपर्छ भनेर सोध्यौ उनलेचाहि होइन अहिले अपहरणकारी गईसके म प्रहरी कार्यालय मै आउँछु भनेर फोन राख्नुभयो । तर, उहाँ त प्रहरी कार्यालय आउँछु भनेर रुपन्देहीतिर लाग्नुभएछ ।’ 

रुपन्देहीमा पुगेर पनि प्रहरीलाई उनले अपहरणमा पर्न लागेको भन्दै गुहार माग्न पुगेको उनले सुनाए । ‘यहाँको प्रहरी कार्यालय आउँछु भनेको मान्छे त भोलिपल्ट रुपन्देही प्रहरी कार्यालय पुग्नुभएछ । त्यहाँ पुगेर पनि आफु अपहरणमा पर्न लागेको कुरा दोहो¥याउनुभएछ,’ उनले भने, ‘मलाई भारततिर बोलाका छन् अपहरणकारीले भन्नुभएछ । त्यसपछि त्यहाँको प्रहरी कार्यालयबाट यस्तो यस्तो घटना भयो भनेर खबर पाएपछि आफन्तको जिम्मा लाएर पोखरा पठाइदिन भन्यौ । थप अनुसन्धान हामीले गर्छौं भनेर यहाँ पठाउन भन्यौ ।’

अनुसन्धान गर्दा जसले अपहरण गरेर  रुपन्देही लग्यो भनिएको थियो, त्यो मान्छे उनी आफै रहेको खुल्नमा आएको उनले सुनाए । उनले भने, ‘त्यसपछि यसले नाटक गरेको भनेर खुल्नमा आयो । त्यसपछि नियन्त्रणमा लिएर । उसकै विरुद्दमा उल्टै मुद्दा पनि चलाएका छौं ।’ कानुनअनुसार उनलाई थप कारवाही प्रक्रिया अघि बढाउनने पनि उनले सुनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप