शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन मेडिकल कलेजको समस्या समाधान गर्न अभिभावक संघर्ष समिति गठन

मङ्गलबार, ०७ असोज २०७६, १९ : ००
मङ्गलबार, ०७ असोज २०७६

चितवन– चितवन मेडिकल कलेजको समस्या समाधानका लागी अभिभावक संघर्ष समिति गठन भएको छ । कलेजले प्रवाह गर्ने मेडिकल शिक्षामा देखिएको  समस्या समाधानका लागी विद्यार्थीको पहलमा यस्तो समिति बनेको हो ।  निर्माला कँडेलको संयोजकत्वमा ९ सदस्य समिति निमार्ण भएको हो । समितिका सदस्यहरुमा मिना दुवाडी, तोयानाथ कँडेल, बिष्णुप्रसाद सापकोटा, विश्वास श्रेष्ठ, देवबहादुर क्षेत्री, बिष्णुभक्त मानन्धर, लक्ष्मी पाण्डे र तिलक दलार्मी रहेका छन् ।

 चिकित्सा शिक्षा संघ्रष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थीको अनुरोधमा  अभिभावक भेला गरी मेडिकल शिक्षाका समस्याको बारेमा बृहत छलफलमार्फत समस्या समाधानमा अभिभावकलाई थप जिम्मेवार बनाउन अभिभावक संघर्ष समिति गठन भएको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । त्यस्तै भेलाले कलेजले लिएको अतिरिक्त शुल्कको भरपाई ११ गते लिने निर्णय गरेको  चन्दले बताए । ११ गते रसिद नदिएको खण्डमा थप संघ्रष गर्ने निर्णय भएको समेत उनी बताउँछन् ।

त्यस्तै यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सम्झौता कार्यान्वयनमा दवाव दिने र सोही बैठकमा भएको निर्णय बमोजिम ३० दिनभित्र पैसा फिर्ता वा समायोजन गर्ने निर्णय कार्यान्वयनमा ल्याउन पनि समितिको  महत्वपूर्ण काम हुने उनको भनाई छ ।

नेपाल सरकार गृहमन्त्रालय, शिक्षा मन्त्रालयले समेत बढि शुल्क १ महिनाभित्र फिर्ता गर्न भनेकाले आफुहरु सरकारी निर्णय कार्यान्वयन गराउन दवाव दिने अभियानमा सक्रिय भएको विद्यार्थी प्रविन स्याङतानले बताए ।  यो समितिले कलेजमा भएका शैक्षिक र शुल्क सम्बन्धी समस्या समाधानमा काम गर्ने र यसअघि जिल्ला प्रशासनमा  भएको सम्झौताअनुरुप काम नभए समितिले आन्दोलन थप चर्काउने अभिभावक संघर्ष समितिका संयोजक कँडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप