शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले जित्यो शृंखला

मङ्गलबार, ०७ असोज २०७६, १८ : ०१
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं– अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले क्लीन स्वीप गरेको हो ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले । नेपालका तबरेज अन्सारीले तीन विकेट हात पारे । पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै एक सय २७ रन बनायो । नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रन बनाए ।

प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज र म्यान अफ दी दुवै घोषित भए । यस्तै बेस्ट ब्याट्सम्यान भारतीय कप्तान यादयुन्दर सिंह खेरा, बेस्ट बलर नेपालका तबरेज अन्सारी, बेस्ट विकेटकिपर भारतका तबरेज र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए । 

विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालालगायतले पुरस्कार प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप