शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन

मङ्गलबार, ०७ असोज २०७६, १६ : ४३
मङ्गलबार, ०७ असोज २०७६

जनकपुर । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम समापनको अवसरमा मंगलबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ । 

विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एनपी साउदले केपी ओली नेतृत्वको सरकारको कडा आलोचना गरे ।

उनले दुई तिहाइको दम्भमा सरकार जनताको लोकतान्त्रिक अधिकार खोस्न लागिपरेको आरोप लगाए । सरकारले प्रस्ताव गरेको नागरिकता, प्रेस तथा सूचना प्राविधिक लगायतका विधेयकहरु लोकतान्त्रिक मूल्य मान्यताविपरित रहेको भन्दै उनले तत्काल फिर्ता हुनुपर्ने धारणा राखे । 

नेपाली कांग्रेस धनुषाको आयोजनामा गरिएको विरोध प्रदर्शनमा केन्द्रीय सदस्य रामकृष्ण यादव, प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, राष्ट्रियसभा सदस्य मुक्ता यादव, केन्द्रीय प्रतिनिधि सुष्मा तिवारी लगायतका नेताहरुको सहभागिता थियो ।

विरोध प्रदर्शनका क्रममा कांग्रेसका नेताहरुले भ्रष्टाचार, महँगी लगायत जनजिविका लगायतसंग जोडिएका महत्वपूर्ण सवालहरु नियन्त्रण गर्न नसकेको भन्दै सरकारको विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।

जनकपुरको पिडडिया माइस्थान स्थित जिल्ला पार्टी कार्यालयबाट निस्केको जुलुस मुरली चोक, राम चोक, शिव चोक, भानु चोक हुँदै रेल्वे स्टेशन पुगेर  कोणसभामा परिणत भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप