‘लाल कप्तान’को ट्रेलर रिलिज : सैफ अली खान देखिए खतरनाक अवतारमा

मुम्बई –अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन् । जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् ।
१ मिनेट २२ सेकेन्डको ट्रेलरमा सैफ निकै खतरनाक र निर्दही देखिएका छन् । ट्रेलरमा अभिनेत्री सोनाक्षी सिंहाको आवाज पनि सुन्न सकिन्छ ।
ट्रेलरको सुरुवात एक दमदार डाइलगबाट गरिएको छ । ट्रेलरमा सैफले बोलेका छन् ‘मानिसको जन्म हुने बितिकै काल आफ्नो भैसीमा चढेर उनलाई लिन हिड्छ । मानिसको जिन्दगी त्यति हुन्छ । जति समय त्यो भैसी उसँग आउन समय लाग्छ ।’ फिल्ममा सैफले भुत बनेर मानिसलाई डराउने छन् ।
फिल्मको कहानी १७८० दशको राजस्थानको पृष्ठभुमिमा आधारित रहेको छ । फिल्ममा सैफले एक असफल नागा साँधुको भुमिका निर्बाह गरेका छन् । जो बदलिन चाहन्छ ।
फिल्ममा सैफको अलवा जोया हुसेन, दीपक डोबरियाल, मानव विज जस्ता स्टारको समेत अभिनय रहेको छ । फिल्मको निर्देशक नवदीप सिंह हुन् । १८ अक्टोबर रिलिज मिति तोकिएको फिल्म आनन्द एल रोय र इरोज नाउले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ