शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

मङ्गलबार, ०७ असोज २०७६, १४ : १०
मङ्गलबार, ०७ असोज २०७६

कलात– दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ । 

कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ । 

गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त  सेनाले सो हवाई कारबाही गरेको जनाइएको छ । यस कारबाहीमा सर्वसाधारणको हताहतको भने कुनै समाचार प्राप्त भएको छैन । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप