पशु सेवा विभागले जब ‘स्वस्थ मासु’ भन्दै गाईको फोटो राख्यो !

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने सरकारको लोगो सहितको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्चाएको जनाएको छ । गाईलाइ मासुजन्य जनावरको रुपमा प्रचार गरेको प्रति राप्रपाले आपत्ति जनाएको थियो ।
‘दशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन ।
यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’, राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागद्धारा क्षमायाचना
यसैबीच पशु सेवा विभागले त्रुटि भएको स्वीकार गर्दै क्षमयाचनासहित पोस्टर सच्याइसकेको र सम्बन्धित निकायमा पत्रचार समेत गरिसकेको जनाएको छ । विभागका महानिर्देशक डा. वशी शर्माले पोष्टरमा छपाइको त्रुटिका कारण गाइको तस्वीर पर्न गएको स्वीकार्दै सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गरी सच्याइसकेको बताए ।
विभागका महानिर्देशक शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय पशु सेवा विभाग राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाको बा २ झ ३८११ नम्बरको मोवाइल भ्यानमा त्यस्तो तस्वीर टाँसेको पाइएपछि तत्काल सच्चाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने