बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

मङ्गलबार, ०७ असोज २०७६, १३ : ५४
मङ्गलबार, ०७ असोज २०७६

अल्जियर्स– अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । 

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । –एएफपी/Photo: africa.cgtn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप