बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युरोपले थिचेको अवस्थामा रहेको एक लुप्त महादेश पत्ता लाग्यो

मङ्गलबार, ०७ असोज २०७६, १३ : ४९
मङ्गलबार, ०७ असोज २०७६

एजेन्सी । अनुसन्धानदाताले एउटा लुकेको महादेश पत्ता लगाएका छन् । उनीहरुले भूमध्य सागर क्षेत्रको जटिल भूगोलको उद्विकास खोज गर्ने क्रममा सो महादेश पत्ता लगाएका हुन् । 

स्पेनदेखि इरानबीच रहेको पहाडी क्षेत्र युरोपको बाँकी भूगोलभन्दा फरक देखिएपछि विगतदेखि त्यसको कारण पत्ता लगाउने प्रयास भएको थियो ।  

अहिले पत्ता लागेको महादेशको नाम ‘ग्रेडर एड्रिया’ दिइएको छ । ग्रिनल्याण्ड जत्रो आकारको उक्त महादेश करोडौं वर्ष पहिले उत्तरी अफ्रिकाबाट टुक्रिएर बनेको थियो । अफ्रिकाबाट टुक्रिएपछि उक्त महादेश अहिलेको दक्षिण युरोपमुनि दविन सुरु भयो । 

रमाइलो कुरा त्यो महादेश पूरै लूप्त पनि छैन । थाहा नपाइ धेरै त्यस महादेशमा विचरण गरेको हुनसक्छन् । 

‘थाहै नपाई धेरै पर्यटकहरु ग्रेटर एड्रिया क्षेत्रमा विदा मनाइरहेका हुन सक्छन् ,’ जुत्रेक्त विश्वविद्यालयका ग्लोबल टेक्टोनिक्स र प्यालेजियोग्राफीका प्राध्यापक डोव हिन्सवेर्गेनले भने । 

अध्ययनको निष्कर्ष गोन्दवाना रिसर्च नामक जर्नलमा प्रकाशित छ । 

पहाडी श्रृङ्खलाको उद्विकासको अनुसन्धानका क्रममा महादेशको उद्विकास सम्बन्धी तथ्यांक पत्ता लागेको थियो । 

‘हामीले अध्ययन गरेका युरोपका अधिकांश पहाडी श्रृङ्खला एउटै महादेशबाट उत्पन्न भएको देखिन्छ । त्यो अफ्रिकाको उत्तरी भागबाट २० करोड वर्ष वरपर छुट्टीएको थियो ,’ भ्यान हिन्सवेर्गेनले भने । 

‘यो महादेशको बाहिरी हिस्सा टुरिनबाट सुरु भएर एड्रियाटिक समुन्द्रदेखि जुत्ता आकारको इटालीको नक्साको हिल भाग हो ,’ हिन्सवेर्गेनले भने । 

‘हिमालयको तुलना गर्ने हो भने त्यहाँको भूगोलमा एकदम सरल प्र्रणाली देखिन्छ । त्यहाँ दुई हजार किमीको दुरीमा कयैन ठूला फल्ट लाइन देखिन्छन् ,’ हिन्सवेर्गेनले भने ।
ग्रेटर एड्रियाको कुरा गर्दा त्यसको अधिकाशं भाग समुन्द्रमुनी दवेको अवस्थामा छ । 

‘हिमाली श्रृङ्खला बन्ने सबैभन्दा आधारभूत मार्ग टेक्नोटिक प्लेट तल–माथि हुनु हो । हाम्रो अनुसन्धानले ज्वालामुखी विस्फोट र भूकम्पजस्ता परिघटनाबारे कयैन नयाँ तथ्य उजागर गरेको छ । यी नयाँ कुरा सबैतर्फ लागु हुने खालको छ । यसलाई प्रयोग गरेर तपाईले निश्चित मात्रामा कुनै क्षेत्र धेरै पछि कस्तो हुन्छ भन्ने पनि हेर्न सक्नुहुन्छ ,’ हिन्सवेर्गेनले भने ।

टेक्नोनिक प्लेटको पुनरसंरचना गर्ने सफ्टवेयर प्रयोग गरेर अनुसन्धानदाताले विगतको समयमा कुनै पनि स्थानको अवस्थितिलाई कम्प्युटरमा डिजाइन गर्न सक्छ । त्यसमा निर्माण भएको नक्सा देखिएको थियो । 

अध्ययनको क्रममा ग्रेटर एड्रिया २४ करोड वर्ष पहिले अलग महादेश बन्न सुरु गरेको पत्ता लागेको छ । त्यस्तै आजभन्दा १८ करोड वर्ष अघि तिर उक्त महादेश युरोप मुनि हराएको थियो । 

लुप्त महादेश पत्ता लागेको यो पहिलो पटक भने होइन । सन् २०१७ जनवरीमा अनुसन्धानदाताले हिन्द महासागरमा रहेको टापू मरिससमुनि गोन्दवाना नामक सुपर–महादेशबाट टुक्रिएको एक हिस्सा पत्ता लागेको थियो । 

 सन् २०१७ सेप्टेम्बरमा एक अलग अनुसन्धान समूहले दक्षिणी प्रशान्त महासागरमुनि ड्रिलिङ्क गरेर हराएको महादेशको बाँकी हिस्सा पत्ता लगाएको थियो । 

विगतको अनुसन्धान हेर्दा ग्रेटर एड्रियाभन्दा अन्य महादेश पत्ता लाग्ने सम्भावना छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप