शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल

मङ्गलबार, ०७ असोज २०७६, १२ : ५४
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं– औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुनः नारायण ढकालले कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो । महानिर्देशक ढकालले भने, ‘मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनःकाममा फर्किएको छु ।’ 

स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औँ तहमा कार्यरत उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो ।  उनले मन्त्रालयको सो निर्णय कार्यान्वनयन रोक्न माग गर्दै  सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । साउन २१ गते रिटमाथि सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले आदेश दिएको थियो ।   

मन्त्रालयले  दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश आएको करीब दश दिनसम्म मन्त्रालयले उनलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप