टिभीएस ‘आरटीआर १६० २भी’ र ‘रेडियन ११०’ को स्टन्ट (फोटो फिचर)
सिरहा– नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालका मुख्य मुख्य शहरहरुमा ‘टिभीएस ह्वीली विट्स्’ को आयोजना गरेको छ ।
जगदम्बा मोटर्सले यही असोज ६ गते सिरहाको लहान चोकमा ‘टिभीएस ह्वीली विट्स्’को साथै ‘आरटीआर १६० २भी’ र ‘रेडियन ११०’ लन्च गरेको छ । उक्त कार्यक्रममा कार्यक्रम अन्तर्गत रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री, प्रकाश अधिकारी भिम होना साथै गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरेका छन् । त्यसैगरी, चर्चित हास्य कलाकार दिनेश काफ्लेले कार्यक्रम संचालनसँगै हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा संघीय समाजबादी खेलकुद महासंघ प्रदेश न २ का अध्यक्ष तथा कराते प्रशिक्षक राजेश गुप्ता र लहान टिभीएस शोरुमका संचालक राज गुप्ता ले संयुक्त रुपमा टिभीएस ‘आरटीआर १६० २भी’ र ‘रेडियन ११०’सार्वजनिक पनि गरेका थिए ।
अध्यक्ष गुप्ताले जगदम्बा मोटर्सले बलियो राम्रो र भरपर्दो टिभीएसका नयाँ बाईक नेपालमा ल्याएकोमा बधाई तथा धन्यवाद दिए । र सवारी साधन प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न पनि सुझाव दिए ।
टिभीएस शोरुम राज अटोका संचालक राज गुप्ताले भने, ‘हामीले नयाँ टिभीएस बाइक लन्च गरेका छौ । बाइक लन्चसँगै यस्तो सास्कृतिक तथा स्टन्ट शोले समाजमा लुकेर बसेको प्रतिभालाई बाहिर ल्याउने कोसिस गरिएको छ ।’
लहान को चोक बजारमा सम्पन्न भएको ‘टिभीएस ह्वीली विट्स्’ कार्यक्रम मा झन्डै २००० मान्छेको सहभागी थियो । कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिनुका साथै यस्ता कार्यक्रम देशव्यापी रुपमा गर्नुपर्ने माग आएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नबराज कोइरालाले बताए ।
नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावली को पावन अवसर मा ग्राहकहरुलाई लक्षित गरि ‘टिभीएस दशैको दौड’ भन्ने स्किम पनि लागु गरेको छ । देशभरी स्वास्थ्यको लागि दशैंको दौड भन्ने कार्यक्रम अन्र्तगत जनतालाई बिहान दौडाउने कार्यक्रम पनि गरिरहेको जगदम्बा मोटर्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा हुने अवार्डको काठमाडौँमा घोषणा
-
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी
-
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
-
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?